• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा

  •  
  • २०८१ कार्तिक २९, बिहीबार ०९:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले अदालतको अवहेलना हुने गरी बोेलेको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा बुधबार  अवहेलना मुद्दा दर्ता गरिएको छ। मुद्दामा सर्वोच्चले मंसिर  ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको छ।

    मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ। सांसदहरूले नै अदालत र  न्यायाधीशको विषयमा अनर्गल प्रचार  गरेकाले अदालतको अवहेलना भएको निवेदकको दाबी छ। संघीय संसद् पदमा रहेका व्यक्तिले अदालतको अवहेलना हुने काम गरेको निवेदकको दाबी छ। उनीहरूलाई हदैसम्मको कार बाही गरी सजाय दिलाउन माग गरिएको छ। अदालतलाई स्वतन्त्र र  निष्पक्ष रूपमा न्याय निरूपण गर्नबाट वञ्चित गर्ने नियतले कसैले कुनै न्यायाधीशबारे अनर्गल प्रचार प्रसार  गर्दा न्यायाधीशको मनोबल गिरी आदेश वा फैसलामा प्रभाव पर्नसक्ने प्रबल सम्भावना हुने निवेदनमा उल्लेख छ।

    अधिवक्ता अनुपम भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारीले  आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए।

    सर्वोच्च प्रशासनले भने अवहेलना मुद्दा दर पीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेपछि इजलासले बदर  गर्दै दर्ता गर्न आदेश गरेको थियो। पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेपछि पोखरामा रास्वपाले आन्दोलन गरेको थियो। आन्दोलनको क्रममा रास्वपाका सबै सांसदले अदालतको अवहेलना गरेको निवेदकको दाबी छ।

    ‘प्रमाण संलग्न रहेका कागजात र  मिडियामा प्राथमिकतामा रहेको हुनाले अदालत स्वयंलाई पनि यसबारे जानकारी रहेको अनुमान छ,’ रिट निवेदनमा भनिएको छ, ‘विधायक भएको र  कानुन निर्माण गर्ने जनता, समाज र  देशको हकहितमा काम गर्नुपर्नेमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कलुषित मानसिकता राखी अदालत र  सर कार विरुद्ध हुलहुज्जत, भेला, सभासमारोह गरी स्वतन्त्र न्यायपालिकाको अवधारणालाई गम्भीर  चोट पुर्‍याएको छ।’

    ‘विचाराधीन मुद्दा रहेको स्थानमा र  अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई रिहाइ गर्नुपर्ने मागसहित खडा गरेको भिडले न्यायप्रक्रियामा अवरोध सृजना गरेको छ,’ निवेदनमा भनिएको छ, ‘न्यायपालिका स्वतन्त्र छैन भन्ने भाष्य प्रयोग गरी नारा  बाजी गरेकाले न्यायालयको गरिमामा नकारात्मक सन्देश प्रवाह भइरहेको छ।’

    न्यायाधीशबारे अनुचित भ्रम सृजना गरी समग्र न्यायपालिकालाई कमजोर  बनाउने, स्वतन्त्र र  सक्षम न्यायपालिकाबाट स्वच्छ न्याय प्राप्त गर्ने सर्वसाधारण नागरिकको हकअधिकार मा बाधा सिर्जना गरिएको  निवेदकको दाबी छ। सभापति रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा लगिएपछि आन्दोलनको क्रममा नेताहरूले जथाभावी बोल्दा अवहेलना भएको दाबी छ।

     

     

     

    साभार/नागरीक

    Post Views: 134
    प्रकाशित मिति: २०८१ कार्तिक २९, बिहीबार ०९:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.