• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक २८, बुधबार २१:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कार्तिक २८ गते / सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ । एमालेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागिएको एमालेले जनाएको छ ।

    उक्त जागरण सभाको तयारीका लागि बुधवार एक संयोजन समिति नै बनाइएको छ । पार्टी महासचिव शंकर पोखरेको नेतृत्वमा बसेको बैठकले एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति बनाएको हो । समितिको सहसंयोजकमा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेललाई जिम्मेवारी तोकिएको छ ।

    यस्तै सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल, जनक चौधरी रहेका छन्।

    यसरी बनेको संयोजन समितिको पहिलो बैठक पनि बुधवार नै बसेको छ । बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ।

    एमालेले मुलुकमा बढ्दो अराजकता र अस्थिरता विरोध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनतालाई जागरण गर्ने उद्देश्यले यो सभा आयोजना गर्न लागेको जनाएको छ ।

     

     

     

    साभार / नागरीक

    Post Views: 210
    प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार २१:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.