• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सीप भएका टोपेन्द्रले वर्षमै कमाउँछन् ४० लाख

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक २८, बुधबार १९:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सल्यान, कार्तिक २८ गते / धेरै पढे लेखेका युवा युवतीहरू बेरोजगार भएर देश तथा विदेशमा भौँतारिरहेका हामी देख्न सक्छौँ । अभिभावकहरूले समेत धेरै पढेर डाक्टर, पाइलट, इन्जिनियर, अधिकृत बनेस् भनेर आषिश दिने गर्दछन् ।

    पढेलेखेका युवा कुर्सीमा बसेर काम गर्न रुचाउँछन् तर स्वरोजगारमूलक काम गर्नबाट पछि हट्छन् । तर यसबिचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म अध्ययन गरेर पनि मूर्ति बनाउने पेसालाई अङ्गालेर मनग्य आम्दानी गरी रहेका छन् ।

    सल्यानको बागचौर नगरपालिका ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेसालाई व्यावसायिक बनाएका छन् । दैनिक मूर्ति बनाउनमै व्यस्त रहने डाँगीले वार्षिक ३० लाख ४० लाख बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने पैसा कमाउन विदेश वा सरकारी जागिर नै खानुपर्छ भन्ने केही छैन । सबै व्यक्तिमा कुनै न कुनै सिप हुन्छ उक्त सिपलाई चिन्न र प्रयोग गर्न सक्नुपर्छ ।

    स्नातकोत्तर गरेका उनको ७ वर्षको शिक्षण पेसाको अनुभव समेत छ । शिक्षण पेसामा चित्त नबुझेपछि मूर्ति बनाउने पेसामा लागे । गत वर्ष मात्र ४० लाख बराबरको कारोबार गरेका उनले यो वर्ष कारोबार बढ्ने बताए । पढी लेखी जागिर नै खानुपर्छ भन्ने आफ्नो मनमा भावना नआएको बताउँदै उनले आफूले गरेको काम प्रति सन्तुष्ट रहनु पर्ने बताऐ । हातमा सिप र कला भए आम्दानी गर्न कहीँ कतै जानु नपर्ने उनी बताउँछन् ।

    एउटै मूर्तिको ५ लाखसम्म 

    मूर्तिकार डाँगीले निर्माण गरेको एउटै मूर्तिको मूल्य ५ लाखसम्म लिने गरेका छन् । सामान्यतया १० हजारदेखि ५ लाखसम्मको मूर्ति बिक्री गरेको उनको भनाई छ । मूर्तिको आकार प्रकार अनुसार रकम निर्धारण हुने डाँगी बताउँछन् ।

    चाडपर्वमा देवीदेवताका मूर्ति बनाउन भ्याई नभ्याई हुने बताउँदै उनले अन्य समयमा खाली समय काट्नु नपरेको बताए । एउटा मूर्ति बनाउन एक हप्तादेखि एक महिनासम्म लाग्ने गरेको बताउँदै उनले प्रायजसो फिल्डमा नै गएर मूर्ति बनाउनु पर्ने भएकाले मूर्तिको मूल्य अलि बढी हुने गरेको बताए ।

    चार जनालाई रोजगारी 

    स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भइरहँदा डाँगीले भने चार जनालाई रोजगारी दिएका छन् । आफू स्वरोजगार हुनुका साथै चार जनालाई प्रत्यक्ष रोजगारी दिएको उनको भनाई छ । चार जनालाई मासिक तलबमा भन्दा पनि मूर्तिको साइज र मूल्य अनुसार दिने गरेको डाँगीले बताए ।

    उनले भने एउटै कामदारले कामको प्रकृति हेरी ५० हजारसम्म रकम पाउने गरेका छन् । पेसा व्यवसाय सानो ठूलो नहुने बताउँदै उनले सामान्य खालको पेसा व्यवसायबाट पनि राम्रो आम्दानी लिन सकिने बताए ।

     

     

    साभार/ रेडियो बागेश्वरी

    Post Views: 231
    प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार १९:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.