• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानखोलाको कटान रोक्न तटबन्धन निर्माणको प्रक्रिया शुरु

  •  
  • २०८१ कार्तिक २८, बुधबार १९:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, कार्तिक २८ गते / मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेलीभाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ ।

    मानखोलाको कटान नियन्त्रणका लागि चालु आर्थिक बर्षमा लुम्विनी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियोजन गरेको एक करोड रुपैयाँ बजेटबाट सो स्थानमा तटबन्धन निर्माण गर्न लागिएको हो ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख आशिष विकले तटबन्धनका लागि नापजाँचको काम गरिएको जानकारी दिँदै तत्काल ठेक्का आव्हान गर्ने तयारी गरिएको जानकारी दिए ।

    कार्यालय प्रमुख विकले भने, ‘मानखोलाले बिभिन्न स्थानमा कटान गरेको छ, न्यून बजेट भएकाले सबैभन्दा बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम अघि बढाउने तयारी गरेका छौं ।’

    स्थानीय प्रेम खत्रीले मानखोलाको तिव्र कटानका लागि खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालय र सयौं स्थानीय बासिन्दाका घर उच्च जोखिममा रहेको बताए । उनले पक्की तटबन्धनको काम तत्काल अघि बढाउन माग गरे ।

    लुम्वनी प्रदेश सभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रण प्रदेश सरकारको चिन्ताको विषय भएको बताए । बाँके र बर्दियाको हजारौं खेतीयोग्य जमिन खोलाले कटान गरेकाले नियन्त्रणका लागि गुरुयोजना अनुसार काम अघि बढाउन प्रदेश सरकारसमक्ष माग गरेको खत्रीले बताए ।

    खत्रीले भने, ‘गुरुयोजनाअनुसारको बजेट नभए पनि विनियोजन बजेटबाट समयमै काम सम्पन्न भएमा वस्ती जोगाउन सकिन्छ ।’ गुरुयोजना अनुसार बाँकेमा  मानखोलाको कटान नियन्त्रणका लागि करिब एक अर्व बजेट खर्च हुने अनुमान गरिएको छ ।

     

     

    साभार / रेडियो बागेश्वरी

    Post Views: 290
    प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार १९:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.