• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राकममा छिट्टै सय शय्याको अस्पताल बन्छ: प्रधानमन्त्री

  •  
  • २०८१ कार्तिक २८, बुधबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+
    प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा ल्याइने घोषणा गरेका छन्।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले अस्पताल बनाउने प्रक्रिया समेत सुरु भइसकेको अवगत गराए।

    दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने जनाइएको छ। अस्पताल सञ्चालनमा आए सुदुपश्चिमका ५ जिल्ला र कर्णालीका दैलेख, कालिकोट लगायतका जिल्लावासी लाभान्वित हुनेछन्।

    कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले पनि भइपरी आउने दुर्घटना लगायतका कुराहरूमा यथाशीघ्र घाइतेहरूले उपचार पाउने छन्।

    प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन र गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाए। साथै, सरकारले उच्च प्राथमिकतामा राखेका पूर्वाधार निर्माणमा लगायतका कामहरु छिट्टै हुने उल्लेख गरे।

    उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानलाई कक्षा सञ्चालनको स्वीकृति दिलाउन सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै दीक्षित विद्यार्थीहरूलाई आगामी यात्रामा सफलता प्राप्त गर्न प्रेरित गरे।

    उनले भने, ‘तपाईंहरूको मेहनतले आज यो सफलता सम्भव भएको छ, यसलाई दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउन प्रयोग गर्नुहोस्।’

    कार्यक्रममा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा विषयमा स्नातक र स्नातकोत्तर तह पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको समारोहमा प्रधानमन्त्री ओलीले १३ जिल्लाका जनताका लागि यो सपना साकार भएकोमा खुसी व्यक्त गरे।

    समारोहको दौरान प्रधानमन्त्रीले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै भने, ‘कर्णाली र सुदूरपश्चिमका जनतालाई यस प्रतिष्ठानले प्रभावकारी सेवामा योगदान गर्नेछ, जसले यस क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई सशक्त बनाउनेछ।’

     

     

     

    नागरिक /साभार/ गोविन्द केसी, गोल्डेन बुढा

    Post Views: 245
    प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार १९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.