• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘डेंगुका बिरामीले जथाभाबी एन्टिबायोटिक तथा पेनकिलर नखानु

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक १९, सोमबार ११:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / नेपालमा केही वर्षदेखि डेंगु सङ्क्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ । पहिलो पटक नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सबैभन्दा बढी सन् २०२२ मा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा डेंगुका टाइप १, टाइप २, टाइप ३, टाइप ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन् ।

    नेपालमा चारै प्रकारका सेरोटाइप पुष्टि भइसकेको छ । डेंगु सङ्क्रमणको विषयमा केन्द्रित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र केशव गुरुङले तयार पारेको भिडियो संवाद :

    डेंगु ज्वरो एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट फैलिने भाइरसजन्य रोग हो । डेंगु लाग्ने लामखुट्टे दिनमा सक्रिय हुन्छ ।

    डेंगुका लक्षण 

    ज्वरो आउने, असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । त्यो बाहिर शरीरमा स–साना बिमिरा आउने, आँखाका गेडी खस्ला जस्तो दुख्ने, पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिने गर्छ । डेंगुलाई हेलचेक्र्याइँ गरेमा जटिल स्वास्थ्य समस्या देखिने गर्छ । रक्तस्राव हुने, अचेत हुने जस्ता लक्षण देखिने गर्छन् । यस्तो अवस्थामा बिरामीले उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्छ ।

    डेंगु कसरी सर्छ ?

    डेंगु मानिसबाट मानिसमा सिधै सर्दैन । सङ्क्रमित मानिसलाई लामखुट्टेले टोकेर पुन निरोगी मानिसलाई टोक्यो भने मात्र डेंगु सर्ने गर्छ । एक पटक एउटा सेरोटाइप भयो दुई वर्षसम्म त्यही सेरोटाइप हुँदैन । अर्को सेरोटाइपले सङ्क्रमित गरेमा जटिल लक्षण देखिने गर्छ । सेरोटाइप पत्ता लगाउन सरकारले डेंगुको प्रकोप हुन साथ कुन सेरोटाइप फैलिरहेको छ भनेर जाँच गर्नुपर्छ ।

    अन्य रोग र डेंगुका लक्षण कसरी छुट्याउने

    प्रायः सबै सरुवा रोगका लक्षण एकै प्रकारका हुने गर्छन् । डेंगु भएको बेलामा शरीर अत्यधिक दुख्ने र खाना मन नलाग्ने लक्षण देखिने गर्छ । डेंगु फैलिएको ठाउँबाट आएको चारदेखि १० दिनमा लक्षण देखियो भने डेंगु भएको अनुमान गर्न सकिन्छ । चेक जाँच गरेपछि मात्र डेंगु भए नभएको पत्ता लगाउन सकिन्छ ।

    डेंगुका बिरामी कहिले अस्पतालमा भर्ना हुने ?

    डेंगु हुनासाथ अस्पतालमा नै आउनुपर्छ भर्ना नै हुनुपर्छ भन्ने हुँदैन । अधिकांश मानिसलाई आठ १० दिनमा नै निको हुने गर्छ । धेरै मानिस डेंगु पुष्टि हुँदा हुँदै पनि काम गरिरहेका छन् । तारन्तार वान्ता हुनु, दाँत, गिजामा वान्ता गर्दा रगत देखिनु, असाध्यै पेट दुख्नु, आलस्य हुनु डेंगुका जटिल लक्षण हुन् । यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ । अस्पतालमा पुगेपछि भिडियो एक्सरेको माध्येमबाट रगतमा प्लेट्लेटको सङ्ख्या घटे नघटेको, पेट, छातीमा पानी जमे/नजमेको हेर्न सकिन्छ ।  यस्तो अवस्था भएमा बिरामी कुनै पनि बेला जटिल अवस्थामा जानसक्ने भएकाले चिकित्सकको निगरानीमा राख्नुपर्छ । बिरामी ज्येष्ठ नागरिक, दीर्घरोगीमा जटिल स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकको निगरानीमा बस्नुपर्छ ।

    उपचार विधि के हो ?

    लक्षणमा आधारित भएर डेंगुको उपचार गरिन्छ । डेंगुका बिरामीले जथाभाबी एन्टिबायोटिक तथा पेन किलर किनेर खानुहुँदैन । यस्ता औषधीले एकछिन निको भएको जस्तो भएपछि शरीरका विभिन्न भागबाट रक्तस्राव हुने सम्भावना बढी हुन्छ ।

    डेंगुमा प्लेटलेट्स कमी हुनु भनेको के हो ?

    डेंगुले गर्दा शरीरका विभिन्न भागबाट रक्तस्राव भयो भने प्लेटलेट्सको कमी हुन्छ । प्लेटलेट्सले रगत जमाउने काम गर्छ । प्लेटलेट्स घट्दै गएमा चिकित्सकको सल्लाहमा प्लेटलेट्स चढाउनुपर्छ । प्लेटलेट्स २० हजारभन्दा तल झर्दै गएमा चिकित्सकको सिफारिसमा परीक्षण गरेर रगत चढाउनुपर्छ ।

    डेंगु रोग लागेकाले कस्तो खाना खाने ?

    अरू भाइरल इन्फेक्सनमा जस्तै झोलिलो खानेकुरा खानुपर्छ । यस्तो इन्फेक्सन आठ, १० दिनमा निको हुन्छ । लम्बियो भने दुई हप्तासम्म पनि जानसक्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन तातो झोलिलो पदार्थ दाल, तरकारीको रस, जीवनजल खाँदा रोग छिटो निको हुने गर्छ ।

    डेंगु निको भएको कसरी थाहा पाउने 

    ज्वरो घट्नु भनेको डेंगु निको हुनु होइन । ज्वरो घटेको ४८ घण्टासम्म जटिल समय भएकाले ध्यान दिनुपर्छ । ४८ घण्टापछि मात्र रिकभरी समय सुरु हुन्छ । निको हुँदै जान थालेपछि खानामा रुचि फर्कने, पिसाब राम्रोसँग लाग्ने, कहिलेकाहीँ हत्केला र पैतालामा चिलाउने गर्छ । हत्केला र पैतालामा चिलाउँदा डराउनु पर्दैन यो सामान्य हो ।

    डेंगुका बिरामीले के कुरामा ध्यान दिने ?

    डेंगुका बिरामीले आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, डेंगु सामान्य हो भनेर  हेलचेक्र्याइँ नगर्ने । दीर्घरोगी ज्येष्ठ नागरिकले विशेष ध्यान दिनुपर्छ ।

    डेंगुबाट कसरी बच्ने 

    डेंगुबाट बच्न निकै गाह्रो छ । हामी काममा केन्द्रित भएको बेलामा लामखुट्टेले टोक्ने गर्छ । शरीर छोपिने लुगा लगाउने, मलम लगाउने गर्नुपर्छ । लामखुट्टे नियन्त्रण गर्न सकियो भने मात्र यसबाट बच्न सकिन्छ

     

     

     

    गोरखापत्र /साभार

    Post Views: 247
    प्रकाशित मिति: २०८१ कार्तिक १९, सोमबार ११:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.