• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षामा गुणस्तरीयका साथ प्रविधि मैत्रीका लागि बृहत् योजना बनाएर अघि बढ्ने- मन्त्री जन्मजय तिमल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक १५, बिहीबार १७:१६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया,कार्तिक १५ गते, / लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त भएका सामाजिक विकास मन्त्रालयका मन्त्री भय लगत्तै गृह जिल्ला आएका जन्मजय तिमिल्सिनाले शिक्षामा गुणस्तरीयका साथ प्रविधि मैत्रीका लागि बृहत् योजना बनाएर अघि बढ्ने बताएका छन् ।

    बर्दियाको गुलरियामा आज कार्तिक १५ गते नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा “लुम्बिनी प्रदेशको एसइइ नतिजा एकदमै जीर्ण रहेको मन्त्री तिमिल्सिनाले बताए । ‘अहिलेको स्थीतिलाई कसरी सपार्ने र शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो पहिलो प्राथमिकता हुन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘शिक्षाको गुणस्तरमा वृद्धि, व्यवसायीक शिक्षा र शिक्षालाई प्राविधिक संग जोड्न सकेनौं भने समाज रुपान्तरण गर्न सकिदैन ।’ अहिलेको प्रविधि अन्तर्राष्ट्रिय प्रविधि संग मेल खाने हुनुपर्छ उनले भने । तर, त्यो अवस्थामा हामी छैनौ, त्यसकारण शिक्षा ऐन संशोधन गरेर हुन्छ कि कसरी हुन्छ ध्यान दिन जरुरी रहेको मन्त्री तिमिल्सिनाले जिकिर गरे ।

    मन्त्री भए लगत्तै गृह जिल्ला आएका मन्त्री तिमिल्सिनाले सामाजिक विकास मन्त्रालयको सिमित स्रोत साधनले शिर निउँराउने काम नगर्ने उनले भने ।

    Oplus_131072

    लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयमा धेरै विकृति देखिएको सुनाए । ‘लुम्बिनी प्रदेशमा जम्मा ४ हजार ७ सय बढि विद्यालय छन्,’मन्त्री तिमिल्सिनाले भने,‘ प्रदेश संरचना तयार भएको सात वर्ष भयो तर २ हजार ८ सय ४ विद्यालयले अहिलेसम्म प्रदेश सरकार रहेको आभास हुने गरि एक रुपियाँको सहयोग पाएका छैनन्  मन्त्री तिमिल्सिनाले भने । ती विद्यालयहरु जिर्ण छन् कि, विद्यार्थी छन् कि छैनन्, संचालनको अवस्थामा छन् कि छैनन् यस बिषयमा पहिलो प्राथमिकताका खोजी नीति गर्ने मन्त्री तिमिल्सिनाले सुनाए । आवश्यक छ भने त्यसका लागि बजेट व्यवस्थापन गर्नु हाम्रो दायित्व हो उनले भने । त्यसै गरि विपन्न वर्गलाई प्राथमिकता राखेर प्रदेशमा स्वयमसेवक परिचालन गर्दै पहिलो निर्णय गरेको समेत मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

    Oplus_131072

    जन्मजय तिमिल्सिना बर्दिया क्षेत्र नं २ क बाट बिजयी भएका थिए ।

    जिल्लामा लागु औषधको बिगबिगी रहेको छ र लागु औषध प्रयोगकर्ताको न्युनिकरणका लागि जिल्लाका हरेक विद्यालयमा विशेष किसिमको सचेतनामुलक कार्यक्रम राख्न मन्त्री तिमिल्सिनालाई प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य , प्रेस चौतारी बर्दियाका ऋषिराम काफ्ले, नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य मेघराज सिग्देल, लगायत जिल्लामा कृयासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    Post Views: 400
    प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार १७:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.