• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक ५, सोमबार १२:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् ।

    जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन करोड बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिइन् ।

    “दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छाँै”, व्यवस्थापक गुरुङले भनिन,“यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।” राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ३३ लाख दुई हजार दुई सय १० बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् ।

    यसैगरी दसैँमा दीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९३, रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९६ परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ३० खसीबोका बिक्री भएका छन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले दुई सय ८१ खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए ।

    प्रबन्धक खत्रीका अनुसार यो दसैँमा बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ५७, अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६९, कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९८, सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९६ र सङ्गीनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९२ खसीबोका बिक्री भएका छन् ।

    यसैगरी राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९५, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४०, सशक्तिकरण सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ७० र बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४७ खसीबोका बिक्री भएका हुन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यो वर्षको दसैँलाई लक्षित गरेर दुई सय ५० खसीबोका बिक्रीका लागि तयार गरेकोमा दुई सय २२ खसीबोका बिक्री भइसकेका छन् ।

    विगतमा बाँकेका महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिब्या गुरुङको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् ।

    गाउँमा महिला समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झण्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताए । अन्य समयमाभन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताए । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिए । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यवसायीका बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको छ ।

    राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण यहाँका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । बाँकेका बाख्रापालक किसान महिलाले हुर्काएका खसीबोकाको बजारीकरणमा हेफर इन्टरनेशनललगायत सङ्घ संस्थाले सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भरतर्फ उन्मुख भएका राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताए ।

     

     

    रेडियो बागेश्वरी/साभार

    Post Views: 216
    प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार १२:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.