भुरिगाँउ, असोज ९ गते / ठाकुरबाबा नगरपालिकामा विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता प्रणाली आधारभुत घटक तथा अवरोध विश्लेषण तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ ।

बेस बर्दियाको आयोजना तथा वाटर एड नेपालको आर्थिक सहयोग र नेपाल प्रजनन स्याहार क्यान (एन एफ सीसि ) र राष्ट्रि«य अपाङग महासंघ नेपालको प्राविधिक सहयोगमा छलफल तथा समिक्षा गरिएको हो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकामा वास गेन्स परियोजना संचालन भएका ५ विद्यालय नेपाल राष्ट्रि«य माध्यामिक विद्यालय कर्मला, सरस्वती आधारभुत विद्यालय नेउलापुर, सारदा आधारभुत विद्यालय शाहीपुर, जनचाहना आधारभुत विद्यालय डुम्रेनी र जन ज्योती माध्यामिक विद्यालय बकुवा लगायतका विद्यालयमा गत वर्ष नगरपालिका तथा विभिन्न संघसंस्थाहरुले वास सेक्टरमा गरेका कामको समिक्षा गरिएको वास गेन्स परियोजनाका कार्यक्रम संयोजक जगदिश चौधरीले जानकारी दिनुभयो ।
छलफलमा ५ वटा घटक तथा तत्व विल्डिङ ब्लकहरुको आधारमा समिक्षा गरिएको उहाँले बताउनुभयो ।
समिक्षा तथा छलफलका क्रममा परियोजना संचालन भएका विद्यालयहरुमा धेरैजसो कार्य सम्पन्न भएको र केहि कार्य बाँकी रहेकामा पुनः कार्य योजना बनाई लागु गरीने भएको छ । विद्यालयलाई ३ तारा बनाउनका लागि कार्यशाला गोष्ठि संचालन गरिएको हो । विद्यार्थीहरुको शिक्षण सिकाईमा थप सुधार पुर्याउने उदेश्यका साथ परियोजना संचालन गरिएको छ ।
छलफल तथा समिक्षा कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर विना कुमारी भट्टराई, विभिन्न शाखाका प्रमुख, वडा अध्यक्ष, शिक्षा सुपरिवेक्षक द्धय नवराज ढुङगाना र नन्दराम अधिकारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको वेस बर्दियाका कार्यक्रम संयोजक जगदिश चौधरीले जानकारी दिनुभयो ।भुरिगाँउ, असोज ९ गते / ठाकुरबाबा नगरपालिकामा विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता प्रणाली आधारभुत घटक तथा अवरोध विश्लेषण तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ ।
बेस बर्दियाको आयोजना तथा वाटर एड नेपालको आर्थिक सहयोग र नेपाल प्रजनन स्याहार क्यान (एन एफ सीसि ) र राष्ट्रि«य अपाङग महासंघ नेपालको प्राविधिक सहयोगमा छलफल तथा समिक्षा गरिएको हो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकामा वास गेन्स परियोजना संचालन भएका ५ विद्यालय नेपाल राष्ट्रि«य माध्यामिक विद्यालय कर्मला, सरस्वती आधारभुत विद्यालय नेउलापुर, सारदा आधारभुत विद्यालय शाहीपुर, जनचाहना आधारभुत विद्यालय डुम्रेनी र जन ज्योती माध्यामिक विद्यालय बकुवा लगायतका विद्यालयमा गत वर्ष नगरपालिका तथा विभिन्न संघसंस्थाहरुले वास सेक्टरमा गरेका कामको समिक्षा गरिएको वास गेन्स परियोजनाका कार्यक्रम संयोजक जगदिश चौधरीले जानकारी दिनुभयो ।
छलफलमा ५ वटा घटक तथा तत्व विल्डिङ ब्लकहरुको आधारमा समिक्षा गरिएको उहाँले बताउनुभयो ।
समिक्षा तथा छलफलका क्रममा परियोजना संचालन भएका विद्यालयहरुमा धेरैजसो कार्य सम्पन्न भएको र केहि कार्य बाँकी रहेकामा पुनः कार्य योजना बनाई लागु गरीने भएको छ । विद्यालयलाई ३ तारा बनाउनका लागि कार्यशाला गोष्ठि संचालन गरिएको हो । विद्यार्थीहरुको शिक्षण सिकाईमा थप सुधार पुर्याउने उदेश्यका साथ परियोजना संचालन गरिएको छ ।
छलफल तथा समिक्षा कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर विना कुमारी भट्टराई, विभिन्न शाखाका प्रमुख, वडा अध्यक्ष, शिक्षा सुपरिवेक्षक द्धय नवराज ढुङगाना र नन्दराम अधिकारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको वेस बर्दियाका कार्यक्रम संयोजक जगदिश चौधरीले जानकारी दिनुभयो ।