• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रहरीले घर पुर्‍याइदिएका पूर्वमुख्यमन्त्री कार्की फर्किएर फेरि बसे अनसनमा

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २६, बुधबार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन्।

    अहिले उनी विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन्।

    मंगलबार निषेधित क्षेत्रमा अनसन बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरमा पुर्‍याइदिएपनि कार्की राति नै फर्किएर पुनः अनसनमा बसेका हुन्।

    आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवन नजिकै अनसन बसेका थिए।

    प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले उनलाई त्यहाँ नबस्न भनेको थियो।

    त्यसका बाबजुद पनि कार्कीले अनसन जारी राखेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाउने प्रयास गर्दा कार्यकर्ताहरूले रोक्ने प्रयत्न गरेका थिए।

    त्यसक्रममा प्रहरीले लाठीचार्ज नै गरेको कार्कीका कार्यकर्ताहरूले बताएका थिए।

    प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका-२ स्थित उनको घर पुर्‍याइदिएको थियो।

    तर मंगलबार राति नै फर्किएर उनले अनसन थालेका हुन्।

    Post Views: 194
    प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार ०९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.