• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

धनराज गुरूङले भने- मितेरी सहकारीमा कुनै आशंका भए ममाथि तुरून्त छानबिन गरियोस्

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार १४:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सांसद धनराज गुरूङले मितेरी सहकारीसम्बन्धी विषय जोडेर आफूमाथि आरोप लागेकोले छानबिनको माग गरेका छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले कुनै आशंका छ भने तुरून्त आफूमाथि छानबिन गर्न माग गरेका हुन्।

    ‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, क-कसलाई छानबिन गर्नु पर्ने हो तुरून्तै छानबिन गरियोस्,’ कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले भने, ‘यदि यस विषयमा कुनै आशंका छ भने तुरून्तै ममाथि छानबिन गरियोस्, गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन।’

    उनले आफूमाथि लागेको आरोपका विषयमा निष्पक्ष छानबिनको माग गरेका हुन्।

    उनले सम्बन्धविच्छेद नक्कली प्रमाणित गर्न पनि चुनौती दिएका छन्।

    ‘घर परिवारमा दरार आएपछि १० वर्षे बच्चा हुर्काउनुपर्ने पीडा म आफैसँग छ। सम्बन्धविच्छेदपछि पूर्वश्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उनले भने, ‘केही सांसदले भनेजस्तै म संसदीय छानबिनका लागि पनि तयार छु।’

    उनले आफू प्रमाण लुकाउन सक्ने ठाउँमा पनि नभएको बताएका छन्।

    ‘म निष्ठा र नैतिकतामा विश्वास गर्दछु। मेरामाथि लागेको आरोपमा छानबिन गर्न सभामुख, गृहमन्त्रीलाई आग्रह गर्दछु,’ उनले भने, ‘विगतमा पनि कुनै आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको स्मरण गराउँदछु।’

    सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउनै लाग्दा विषयबस्तुलाई अन्यत्रै मोड्न आफूमाथि आरोप लागेको उनको दाबी छ।

     

     

     

    सेतापाटी साभार

    Post Views: 154
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार १४:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.