• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छः नेता महर

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार १३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको समग्र शिक्षा र त्यसमा पनि विश्व विद्यालय शिक्षा सुधारका लागि प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताएका छन्।

    विश्व विद्यालयमा कुलपतिका रूपमा रहने प्रधानमन्त्री बढी जिम्मेवार हुँदा मात्रै अपेक्षित रूपमा शिक्षा क्षेत्र सुधार हुने उनले बताए।

    मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मङ्गलवार आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै विश्व विद्यालयमा कुलपति हुने व्यवस्था रहेको र कुलपति दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विश्व विद्यालयमा दलीय करण व्याप्त रहेको टिप्पणी गरे।

    ‘विश्व विद्यालय देशको दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो। त्यो राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ। विश्व विद्यालयमा दलीय करण हुनु हुँदैन। गुणस्तरीय शिक्षा अभिवृद्धिका साथै विश्व विद्यालयलाई दलीय करणबाट मुक्त गराउन कुलपति भूमिकामा रहने प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ,’ उनले भने।

    उच्च शिक्षाभित्रको गुणस्तरीयता ह्रास हुनुमा पनि दलगत स्वार्थ र प्रभाव नै प्रमुख कारक बनेको महरले बताए। उनले प्रधानमन्त्रीदेखि प्राध्यापक हुँदै विद्यार्थीसम्मको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा अभिवृद्धि नै हुनुपर्ने बताए।

    ‘कुनै बेला राणा र सामन्तहरूको पहुँचमा मात्रै शिक्षा थियो। पाँच÷सात प्रतिशत प्रभुत्व व्यक्ति मात्र शिक्षाको पहुँचमा थिए। नेपालको समग्र शिक्षा उन्नयनका लागि २००७ सालपछि कांग्रेसले खेलेको भूमिका ठूलो छ। बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भइसकेपछि त्रिभुवन विश्व विद्यालयको स्थापना गरेर उच्च शिक्षाको ढोका खोल्नु भएको हो,’ महरले भने, ‘नेविसंको स्थापनापछि नेविसंघले पनि समग्र नेपालको शिक्षामा जनताको पहुँच अभिवृद्धि, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि पटक पटक संघर्ष गरेको छ। त्यही संघर्षको प्रतिफल स्वरूप शिक्षा आजको अवस्थामा आइपुगेको हो।’

    उनले कांग्रेसको त्यही संघर्षका कारण विश्व विद्यालय र प्रतिष्ठान गरेर १७ वटा उच्च शिक्षा अध्ययन गर्ने संस्था स्थापन हुन सफल भएको बताए। नेपालमा यसरी शैक्षिक संस्था स्थापना भइसकेपछि अबको आवश्यकता भनेको ती संस्थामार्फत प्रवाह हुने शिक्षामा गुणस्तरीयता अभिवृद्धि नै आवश्यक रहेको महरको धारणा छ।

    मध्यपश्चिम विश्व विद्यालय कर्णालीको विकास र चेतनाको ढोका भएकाले यसको उन्नयनका लागि स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघ नेतृत्व आवश्यक रहेको महरले बताए।

    यसका साथै निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि आफूले पटक–पटक देशभर बहस गरिरहेको बताउँदै महरले लोकतान्त्रिक पद्धतिभित्र नै शिक्षा, स्वास्थ्यको विकास हुने धारणा राखे। त्यसैले लोकतान्त्रिक प्रणालीका लागि कांग्रेस सधैँ जनअपेक्षा अनुसार नै अगाडि बढेको उनले बताए।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार १३:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.