बर्दिया,भाद्र २५ गते / गैंडाको आक्रमणबाट ज्यान गुमाएका नेचर गाईडको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरुप रकम हस्तान्तरण गरेको छ । पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्र्तगत मृतकको परिवारलाई सोमबार राहत स्वरुप रु एक लाख हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले मृतकको घरमा पुगी सोमबार राहत हस्तान्तरण गरेका हुन् ।

oplus_2

मन्त्री कुर्मीले मृतकका बुवा तिदुराम चौधरीलाई रकम हस्तान्तरण गर्दै दुःख व्यक्त गरेका थिए ।वन्यजन्तुबाट मानविय क्षति हुने क्रम विगतका बर्षहरुमा निरन्तर देखिएकोले मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि तिनै तहका सरकारले प्रभावकारी कार्ययोजना बनाए मात्र मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणमा सहजता हुन सक्ने मधुवन नगरपालिका बडा अध्यक्ष मिन थापाले बताए ।
हस्तान्तरण कार्यक्रममा ठाकुरवबाबा नगरपालिका उपप्रमुख बिना भटट्राई, ठाकुरबाबा नगरपालिका–९ की अध्यक्ष राधा चौधरी, डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजन वन अधिकृत विजय राज सुवेदी, निमित्त प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे, डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम कुमार चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

oplus_2
गत शुक्रबार मधुवन नगरपालिका–१ शिव सामुदायिक वनमा गैंडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३७ वर्षिय नेचर गाईड मनमोहन चौधरीको मृत्यु भएको थियो । मृतक चौधरीको, श्रीमती र एक ६ बर्षिय छोरी रहेका छन्
अमेरिकी नागरिकलाई जंगल अवलोकनको लागि गएको बेला गैंडाले चौधरीलाई आक्रमण गरेको थियो ।




