• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रहेनन् अग्रज पत्रकार नरेन्द्र उपाध्याय

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २३, आईतवार १५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अग्रज पत्रकार एन पी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को निधन भएको छ । पत्रकार टीएन घिमिरेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएअनुसार उनको अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार ३:३८ बजे आइतबार निधन भएको हो ।

    उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएका थिए ।

    उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिता (सन् १९६९) यात्रा शुरु गरेका थिए। उनले पछि आफ्नै सम्पादनमा टेलिग्राफ साप्ताहिकको प्रकाशन प्रारम्भ गरे।

    अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए। पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारको रूपमा बिताए।

    विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे। उनका लेखहरू मुख्यत: भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबीचको भू-राजनीतिक तनावबारे केन्द्रित थिए।

    यसैगरी उपाध्यायले  कम्प्लेक्सिटिज अफ साउथ एसिएन पोलिटिकल अर्डर शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन् ।

    उपाध्यायका श्रीमती,  एक छोरा र एक छोरी छन् ।

    Post Views: 170
    प्रकाशित मिति: २०८१ भाद्र २३, आईतवार १५:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.