• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

घर–घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी

  •  शेरबहादुर सार्की
  • २०८१ भाद्र २२, शनिबार १४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाजुरा, असार २२ गते / जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीयको मुहारमा खुसी छाएको छ ।

    दिनहुँ एक घण्टा हिँडेर खोलाको धमिलो पानी खान बाध्य भएका यहाँका स्थानीयको घरघरमा खानेपानीको धारा निर्माण भएपछि उनीहरूको मुहारमा खुसी छाएको हो ।

    अहिले घरको आगनमै स्वच्छ सफा खानेपानीको धारा निर्माण भएर पानी खान पाएपछि  मनमा निकै खुसी छाएको हिमाली गाउँपालिका –२ नातिखोला टोलकी स्थानीय ज्येष्ठ नागरिक बिसुकला बुढा बताउनुभयो ।

    उहाँले भन्नुभयो , “यो भन्दा पहिला दिन रात पानी ल्याउन कै चिन्ता हुन्थ्यो । घरको आँगनमै सफा खाने पानी पुगेपछि त्यो चिन्ता हटेको छ ।’’

    पानी नहुँदा सधैँ फोहोर हुने गरेका यहाँका शौचालय पनि घरमा खानेपानीको धारा निर्माण भएपछि सफा हुन थालेको बुढाको भनाइ छ ।

    ‘‘गाउँमा पानी नभएकै कारण बुहारी पाउन समेत निकै गाह्रो हुन्थ्यो । यती बेला घर घरमा धारा निर्माण भएपछि यहाँको महिलाहरूको त्यो समस्या हटेको छ ।’’ स्थानीय धर्मकला बुढाले बताउनुभयो ।

    आर्थिक वर्ष २०७८/७९ सालमा प्रदेश सरकारको १२ लाख रकममा नातीखोला टोलका ४० घरमा खानेपानीको धारा निर्माण गरिएको नातीखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष माना बुढाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गाउँदेखि झण्डै तीन किलोमिटर टाढा नातीखोलामा खानेपानीको मुहान थियो । त्यसै मुहानदेखि गाउँमा खानेपानी ल्याएको हो । यो पानीले अहिले यसका झण्डै ४० घरपरिवारलाई खानका लागि पानी प्रशस्त पुगेको छ ।”

    नातीखोलाको मुहानबाट ल्याएको पानी गाउँमाथि एक ट्याङ्की हालेको छ । अहिले त्यो ट्याङ्कीबाट यहाँका ४० परिवारको घरमा निर्माण गरिएको धारामा नियमित पानी आउने गरेको बुढाले बताउनुभयो ।

    पुस्तौँदेखि गाउँमा खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको यती बेला घरघरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न भएको हिमाली गाउँपालिका –२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताउनुभयो ।

    यहाँका स्थानीयको पहिलो प्राथमिकता सडक खानेपानी स्वास्थ्य शिक्षा भएकाले सोही अनुसार गाउँपालिकाले प्रत्येक वर्षमा रकम विनियोजन गर्दै आएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हिमाली गाउँपालिकाका अधिकांश टोल टोलमा एक घर एक खानेपानीको धारा निर्माण गरेका छौँ ।”

    केही बाँकी रहेका टोलमा पनि यो वर्ष खानेपानीको व्यवस्था गर्दै जाने हिमाली गाउँपालिका प्रमुख प्रशासकीय भण्डारीले बताउनुभयो ।

    Post Views: 160
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १४:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.