• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यसरी विशेष बनाइँदैछ यसपालिको संविधान दिवस

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २२, शनिबार १२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,भाद्र २२ गते / नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।

    संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

    समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

    समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

    त्यस्तै राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क–स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

    रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण÷प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।

    त्यस्तै सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ ।

    आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ ।

    आगामी असोज ३ गते नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट ‘संविधान दिवस, २०८१’ अङ्कित ब्यानर रिङ्गरोड वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र ब्यानर प्रदर्शन गर्ने कार्यक्रम छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस, २०८१ को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारीहरू, कर्मचारीहरू तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गरिने छ ।

    त्यसैगरी, असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्रमा दीप प्रज्वलन गर्ने समितिको निर्णय छ ।

    विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा असोज २, ३ र ४ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी समुचित प्रचारप्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक निकायहरुमा पठाइने समितिले जनाएको छ ।

    यसैगरी, प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीय तहस्तरका लागिसमेत विभिन्न कार्यक्रम तय गरिएको  छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा प्रचारप्रसार र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा जनस्तरको सहभागितासहित राष्ट्रिय गीतहरुको कार्यक्रम व्यवस्थापन उपसमितिहरुसमेत गठन गरिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन, रक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउन्ड, कवाज तथा व्यायाम व्यवस्थापन एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति समिति गठन गरिएको छ ।

    Post Views: 168
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १२:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.