• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ध्यान नै हिंसा रोक्ने माध्यम

  •  डा बद्रीप्रकाश ओझा
  • २०८१ भाद्र २२, शनिबार १२:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आखिर किन मार्छन् त आफैँले मन पराएकाहरुलाई ?

     

    अमेरिकाको भर्जिनियामा ममता काफ्ले गायब प्रकरणपछि काभ्रेको त्यसै गाउँबाट धनगढी विवाह गरेर गएका अरु सात महिलाको सुरक्षाको प्रश्न उठाइयो । प्रश्न उठाउने अरु नभई छोरीको वियोगमा मर्माहत भएका ममताका बाबु हुन् । 

    हुन त एउटा बिरामी मानसिकता भएको मानिसले गरेको अपराधकै कारण कुनै निश्चित ठाउँको नाममा हुलहुज्जत त गर्नुहुँदैन तर समाज यस्तै छ । यो जिल्लाको यस्तो, ऊ जिल्लाको उस्तो, त्यो जिल्लाको यस्तो, फलानो जातको मान्छे र गोमन सापसँगै आए त्यो फलानोलाई पहिला मार्नू अनि मात्र गोमनलाई हान्नू, यस्तै यस्तै समाजका चलेका विभेदपूर्ण भाष्य हुन् ।

    विश्वमा हरेक एक घण्टामा एकजना महिलाको हत्या हुन्छ । यस्तो हत्या आफ्नै आवासीय साझेदार वा परिवारका सदस्यबाट हुने गरेको संयुक्त राष्ट्रसंघीय महिला नियोगको प्रतिवेदनमा उल्लेख छ ।

    घरभित्र वा पारिवारका सदस्यबाट ५३ प्रतिशत महिला मारिन्छन् । बाँकी ४७ प्रतिशत अन्यबाट मारिन्छन् । यस्तै मारिएकामध्ये  आवासीय तथा यौन साझेदारबाट ६६ प्रतिशत महिलाको ज्यान जान्छ । बाँकी ३३ प्रतिशत अन्यबाट मारिन्छन् ।

    पछिल्लो समय प्रेममा हत्या जोडिँदै आएको छ । काठमाडौँमा एक जना शिक्षकले ट्युसन पढाउने क्रममा  विद्यार्थीसँग प्रेममा फसेर कुरा नमिलेपछि युवतीको हत्या गरेर टुक्राटुक्रा पारेर विभिन्न ठाउँमा फालेको एउटा दर्दनाक उदाहरण थियो । त्यस्तै प्रेमिकालाई लेलेको जंगलमा लगेर मारेको अर्को दर्दनाक उदाहरण पनि सुनिएकै हो ।

    आखिर किन मार्छन् त आफैँले मन पराएकाहरुलाई ?

    अमेरिकाको सिकागो विश्व विद्यालयबाट विद्यावारिधी गरेर इजरायलको हाफिया विश्व विद्यालयमा प्राध्यापन गर्दै आएका डा. आरोन बेनजिवले प्रेम सम्बन्धमा आधा दर्जन पुस्तक लेखेका छन् ।

    तीमध्ये इन द नेम अफ लभ  रोमान्टिक आइडियोलोजी एन्ड इट्स भिक्टिम्समा उनले विश्वमा प्रेमको बहानामा मारिएकामध्ये ४० प्रतिशत महिला रहेका उल्लेख गरेका छन् ।

    उनको अध्ययनमा पुरुषहरु भने ६ प्रतिशतमात्र थिए । उनले गरेको अध्ययनमा पुरुषहरुले कि त अधिक प्रेम गरेको महिलाको हत्या गर्छन् कि त महिलाको कारण वा आफ्नै कारणले प्रेम गर्न नसकेका कारण हत्यामा उत्रिन्छन् । अर्काथरी सम्पत्ति बाँडफाँटको लोभमा परी हत्यामा उत्रिन्छन् ।

    अमेरिकी न्याय मन्त्रालयले सन् २०१५ मा गरेको परिभाषाअनुसार आफू शक्तिमा आई आफ्नो पारिवारिक साझेदारलाई नियन्त्रणमा लिन अपनाइने भौतिक, यौनजन्य, संवेगात्मक, आर्थिक तथा मनोवैज्ञानिक प्रभावलाई पार्टनर भ्वाइलेन्स (पीभी) भनेर पारिभाषित गरेको छ । यसलाई गम्भीर सामाजिक समस्याका रुपमा पनि लिइएको छ ।

    यसैगरी अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार हरेक चारमध्ये एक महिला र हरेक १० मध्ये एक पुरुष पीभीबाट पीडित छन् ।

    हिंसाका विभिन्न कारणमध्ये आर्थिक कारण पनि एउटा हो । झापाबाट मोरङ विवाह गरी गएकी एक महिलाले पतिको कमाइ नहुँदा धनी परिवारमा पनि कसरी बुहारीमाथि दुर्व्यवहार गरिन्छ भन्ने कथा सुनाइन् ।

    धनी परिवारको एकल सन्तानकी पत्नीका रुपमा भित्रिएकी उनलाई सासुबाट अभद्र व्यवहार भएपछि मौन विद्रोहमा उत्रिन् । उनले सामान्य कमाइ हुने र समाजमा कनिष्ठ  दर्जाको मानिएको काम गरेर सन्तानलाई हुर्काइन् ।

    छोराछोरी भनौँ नातिनातिनाको पढाइमा ती धनाढ्यको सम्पत्तिले केही माखो मारेन । आज उनकी सासू बुढी भइन्, उनलाई सहाराको खाँचो छ तर अझै पनि बुहारीसँग मिलेमतो गर्न सकेकी छैनिन् । आर्थिक कारणले हुने हिंसाको प्रतिशत ५२ देखि ९८ सम्म रहेको अनुसन्धानहरुले देखाएका छन् ।

    समाजमा यस्ता असंख्य घटना भइरहेका छन् । यसलाई कम पार्ने एउटै माध्यम छ, त्यो हो ध्यान ।

    अनुसन्धानदाताहरुले ध्यानको माध्यमबाट पीभी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सकिने तथ्य पत्ता लगाएका छन् ।

    चार जना मनोविज्ञानका प्राध्यापकहरु डा. र्यान सी सोरे, डा. जुआन एलमकिस्ट, डा. स्कट एन्डरसन र डा. गे्रगोरी एल स्टुआर्टले संयुक्त रुपमा गरेको अनुसन्धानले माइन्डफूल मेडिटेसनका कारण मानिसमा क्रोध घट्ने हुनाले पीभी कम पार्न सहयोग गर्दछ ।

    यसैगरी हार्भार्ड मेडिकल स्कूलका प्राध्यापक डा. पल आर फल्टनले गरेको अनुसन्धानात्मक पुस्तकमा पनि माइन्डफूल मेडिटेसनका कारण मानिसलाई मानसिक उपचार नै हुने हुनाले ऊ हत्या हिंसामा उत्रिँदैन ।

    यसैगरी न्यू मेक्सिको विश्व विद्यालयस्थित मनोविज्ञान विभागकी प्राध्यापक डा. केटी विकिविज र प्यासिफिक विश्व विद्यालयकी प्राध्यापक सेरा ब्राउनले संयुक्त रुपमा लेखेको पुस्तकमा पनि माइन्डफूल बेस्ट रिल्याप्स प्रिभेन्सन ध्यानका माध्यमबाट मानिसमा नकारात्मक सोच र संवेग कम पार्ने हुनाले पनि मानिसहरु पीभीमा उत्रिन पाउँदैनन् ।

    यी अनुसन्धानकर्ताहरुका अनुसार ध्यान एउटा मात्र हिंसा कम पार्ने विषय होइन तर यो नकार्न सकिने विषय पनि होइन । ध्यानका कारण मानिसको संवेगात्मक स्थितिमा सुधार आउँछ । ऊ बढी सचेत बन्दछ र अवस्थाको मूल्यांकन गरी आफूलाई समाल्न सक्छ । यसैले ध्यानको माध्यमबाट पीभी घटाउन सहयोग पुग्दछ ।

    ध्यानका कारण मानिसको क्रोधीपन र तनाव कम पार्न सकिन्छ । क्रोध र तनाव नै हिंसाका माध्यम हुन् । यसैले ध्यानको उपयोग गरी यस्ता विषयमा सुधार ल्याउन सकिन्छ ।

    कतिपय ध्यानका विधि जस्तै लभिङ काइन्डनेस मेडिटेसनले मानिसमा प्रेमाभाव फैलाउँछ । जसका कारण मानिस अरुप्रति करुणाभाव व्यक्त गर्दछन् ।

    यस्ता मानिसहरु हिंसामा उत्रिने जमर्को नै गर्दैनन् । ध्यानले मानिसलाई आफ्नो व्यवहारबारे पुनःविचार गर्ने अवस्था सिर्जना गर्दछ । ध्यानले अहिंसालाई प्रश्रय दिएका कारण मानिसको प्रवृत्तिमा सुधार गर्दछ । यसैले तनावकै अवस्थालाई पनि सामान्य अवस्थामा झैँ व्यवहार गर्ने हुनाले पनि हिंसा रोक्न सजिलो बनेको अध्ययनले देखाएका छन् ।

    पीभीको समस्या विश्वव्यापी छ तर अनुसन्धान अमेरिकामा बढी हुने हुनाले त्यहाँका घटना बढी सार्वजनिक हुन्छन् । अमेरिकामा हरेक २० मिनेटमा एक जना नजिकको साझेदारबाट पीडित बन्छ ।  हाम्रोतिर यस्ता विषयमा उति धेरै अनुसन्धान भएका छैनन् । हाम्रोमा घरभित्र र समाज दुवैमा असाध्यै धेरै हिंसा हुन्छन् तर त्यस्ता विषय सितिमिति सार्वजनिक हुँदैनन् ।

    यस्ता घटना कुनै निश्चित परिवार, समाज, देश र जातिमा मात्र घट्ने विषय होइन, यो जो कोहीमा पनि घट्न सक्छ । त्यसैले आउनुहोस् ध्यान गरौँ, हिंसाको संस्कृतिबाट मुक्त बनौँ । निहुँ खोजाहा प्रवृत्तिबाट मुक्त बनौँ ।

    Post Views: 195
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.