काठमाडौँ, भदौ २२ गते / गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाउनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उहाँलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयमा साउन १७ मा सरुवा हुनु भएका दवाडी छोटो समयमै गृह मन्त्रालयमा सरुवा हुनुभएको हो । तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि गृह सचिव पद रिक्त थियो ।
वि.सं. २०७९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल हुनुभएका दवाडी त्यति बेला निर्वाचन आयोगको सचिव हुनुहुन्थ्यो ।
वि.सं २०७७ मा सचिवमा बढुवा हुनुभएका दवाडी कुशल प्रशासक हुनुहुन्छ । त्यही कारणले नै हुनुपर्छ सचिव दवाडी गृहमन्त्री रमेश लेखकको रोजाइमा पर्नुभएको छ ।
गोरखापत्र/साभार




