• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अतिरिक्त क्रियाकलाप अन्तर्गत दुना टपरी बनाउन सिकाउँदै त्रिभुवन नमूना मा.वि.

  •  यज्ञ नेपाल
  • २०८१ भाद्र २२, शनिबार ११:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा, भाद्र २२ गते / नेपथ्यबाट बजिरहेको सालको पात टपरी हुनी, हे बरै नहुने सल्लैको… गीतसँगै यता कोहि पात मिलाउँदै थिए, कोहि सिन्का चिर्दै थिए, कोहि भने हेर त मेरो टपरी कति राम्रो भन्दै संगीहरुलाई देखाउँदै थिए । कोहि मलाई दुना बनाउन अलि आएन सिकाइदेउ त भन्दै थिए । एक एक गर्दै टपरी र दुनाको चाङ बन्दै गयो । हेर्दा लाग्थ्यो कुनैं ठुलो महायज्ञ,सप्ताह, विवाह, ब्रतबन्ध कुनैं ठूलो कार्यको तयारी हुँदैछ, तर यो उद्देश्य यस्तो कुनैं ठूलो कार्यको तयारी नभई ठाकुरबाबा नगरपालिका वडा नं १ मा अवस्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालय भूरिगाऊँमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुका लागि आयोजित दुना टपरी लगाउने कार्यक्रमको ।


    विद्यार्थीहरुलाई किता विज्ञानका साथै व्यावहारिक तथा परम्परागत सिपहरुको बारेमा प्रयोगात्मक रुपले जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक सीता सापकोटाले जानकारी दिनु भयो ।
    घरमा आमा, भाउजुहरुले दुना टपरी बनाएको देख्दा रहर लागे तापनि त्यति राम्रो बनाउँन आउँदैन थियो, आज विद्यालयमा प्रयास गर्दा गर्दै राम्रो टपरी बनाउन सकेकोमा खुशी देखिन्थिन् ,कक्षा १२ मा अध्ययनरत छात्रा पद्मा बुढा ।
    त्यसैगरी कक्षा १२ मा अध्ययनरत अस्मिता रावतले यस्ता व्यावहारिक कार्यक्रमबाट परम्परागत सीप र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने भएकाले यस प्रकारका कार्यक्रम निरन्तर संचालन गर्नुपर्ने विचार राखिन् ।
    विद्यार्थीहरुलाई यसरी जीवनपयोगी र परम्परागत सीपका बारेमा जानकारी दिने उद्देश्यले दुना,टपरी वनाउने, बत्ती कात्ने, डोरी बाट्ने जस्ता कार्यक्रम अतिरिक्त क्रियाकलाप अन्तर्गत संचालन गर्दै आएको र कार्यक्रम अत्यन्त प्रभावकारी रहेको विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले जानकारी दिए ।
    दुना टपरी लगाउने कार्यक्रम मार्फत नजानेका विद्यार्थीले दुना टपरी बनाउन जानेका छन् भने जानेका विद्यार्थीमा समेत थप निखारता थपिएको सहभागी विद्यार्थीहरुले बताएका छन् ।
    झण्डै १ सय भन्दा छात्र छात्रा सहभागी कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सीता सापकोटा, शिक्षकहरु प्रतिभा वली, दिलसरा भण्डारी,निशा भण्डारी,पद्मा उपाध्याय लगायतले विद्यार्थीहरुलाई दुना टपरी लगाउन सहजीकरण र प्रोत्साहन गर्नु भएको थियो ।

    Post Views: 309
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार ११:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.