• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गरिखाने हात काटिएपछिको सकस

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २०, बिहीबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोदावरी (कैलाली), भदौ २० गते / पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्काकी २५ वर्षीय डम्मरा शाहका दुवै हात काटिएपछि घर चलाउन सकस भएको छ । आर्थिक अवस्था कमजोर भएकाले घरखर्च चलाउन डेढ वर्षअघि उहाँले पतिलाई भारतको मुम्बई पठाएर आफू गोदावरीको गेटास्थित सुरत गुड मिलमा काम गर्न थाल्नुभयो ।

    मिलमा उखुका आँख्ला पेल्दापेल्दै दुई वर्षअघि माघ २३ गते मेसिनले उहाँले लगाएको कुर्ता च्याप्यो । कुर्ता तान्दै गर्दा उहाँका दुवै हात मेसिनभित्र छिरे । उखु पेल्ने मेसिनले कुहिना तलका दुवै हात पेलिएपछि डम्मरा बेहोस हुनुभयो । मिलमा काम गर्ने कर्मचारीले उद्धार गरेर उहाँलाई धनगढीस्थित सेती अस्पताल पु¥याए पनि अस्पतालले काठमाडौँ प्रेषण ग¥यो ।

    काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा पेलिएका दुवै हात काटेर उपचार गरियो । घटनाको डेढ वर्षपछि उहाँ उपचारपछि धनगढी फर्किनुभएको छ । “घटनाकै दिन उपचारका लागि काठमाडौँ गएकी थिएँ, डेढ वर्षपछि अस्ती मात्रै फर्किएँ,” डम्मराले भन्नुभयो, “काम गर्ने दुवै हात गुमेपछि अब जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।” काम गरेर खुसीसाथ जिन्दगी बिताउने सपना सपनामै बिलाएको बताउँदै उहाँले भन्नुभयो, “हात गुमेपछि जिन्दगी नै गुमेको महसुस भएको छ ।”

    मिलमा ज्यालादारी गरेबापत दैनिक चार सय पचास रुपियाँ पाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “त्यही रुपियाँ कमाउन जाँदा जिन्दगी नै गुम्यो ।” ऐलानी जमिनमा एउटा सानो झुप्रोबाहेक सम्पत्तिको नाममा दुई हात मात्रै रहेको बताउँदै उहाँले भन्नुभयो, “दुवै हात गुमेपछि भने अब के गरेर खाने भन्ने चिन्ताले सताएको छ ।” मनभरिको भारी बिसाएझैँ उहाँकै छेउमा रहेका पति धनबहादुर शाहले थप्नुभयो, “दुवै हात नभएकी पत्नीलाई छोडेर कतै कमाउन जाउँभन्दा पनि जान सकिरहेको छैन, अब के गरी गुजारा गर्ने होला ?” उपचारका लागि मिलले सहयोग गरे पनि अब गुजारा चलाउनका लागि केही सिप या रोजगारीको व्यवस्था सरकारले मिलाइदिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “दुवै हात गुमेकी पत्नीले केही गर्न सक्दिनन्, अब उनकै नजिक रहेर कुनै इलम गर्ने मौका कसैले दिएमा गुजारा चलाउँथेँ ।”

    उता मिल सञ्चालक सुरत खड्काले अब आफूहरूले केही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उनको उपचारका लागि लागेको सबै पैसा तिरेँ, अब म पनि केही गर्न सक्ने अवस्थामा छैन ।” डम्मराको अवस्थाबारे थाहा पाएपछि गत शनिबार मात्रै धनगढीस्थित रामजानकी मन्दिर पतञ्जली योग केन्द्रद्वारा ३० हजार १३१ रुपियाँ सहयोग गरेको छ ।

     

     

    गोरखापत्र साभार

    Post Views: 166
    प्रकाशित मिति: २०८१ भाद्र २०, बिहीबार ०८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.