• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २०, बिहीबार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, भदौ २० गते / पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म ४५ अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको हो ।

    सडक मर्मत शुल्कबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ ।

    पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमा सो शुल्क उठाउने गरिन्छ । जुन रकम सरकारको खातामा सिधै जम्मा हुने गर्छ ।

    निगमका अनुसार सडक मर्मत शुल्कबापत आव २०७२/७३ मा दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७३/७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४/७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ ।

    यस्तै आव २०७५/७६ मा पाँच अर्ब ७० करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७६/७७ मा चार अर्ब ९९ करोड, आव २०७७/७८ मा पाँच अर्ब ७५ करोड, आव २०७८/७९ मा छ अर्ब ४७ करोड सङ्कलन भएको निगमको तथ्याङ्क छ । यस्तै आव २०७९/८० मा पाँच अर्ब ४६ करोड र आव २०८०/८१ मा पाँच अर्ब ५२ करोड रुपियाँ सङ्कलन भएको तथ्याङ्क छ ।

    सडक मर्मत गर्न नाममा उपभोक्ताबाट सो शुल्क सङ्कलन गरिँदै आएको छ । जसको कारणले उपभोक्तालाई इन्धन खरिद गर्दा थप भार पर्ने गर्छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन इन्धनमा लगाएको उच्च करका कारण उपभोक्तालाई प्रत्यक्ष मार परेको बताउनुभयो । इन्धनका विभिन्न शीर्षकमा कर लगाएर राज्यले उपभोक्तालाई अतिरिक्त शुल्क असुली रहेको छ, उहाँले भन्नुभयो, “अत्यावश्यक पदार्थका रूपमा रहेको इन्धनमा कर घटाएर उपभोक्तालाई राहत दिन आवश्यक छ ।”

    सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताबाट विभिन्न शीर्षकका नाममा रकम उठाउँदै आएको छ । पेट्रोलियम पदार्थबाट विभिन्न छ वटा शीर्षकमा कर असुल हुँदै आएको छ । इन्धनमा लगाइएको चर्को करका कारण उपभोक्तालाई अतिरिक्त भार पर्ने गरेको छ । सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास, आयकर भनेर उपभोक्ताबाट असुल्दै आएको छ ।

    Post Views: 219
    प्रकाशित मिति: २०८१ भाद्र २०, बिहीबार ०८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.