• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भुरिगाउँ तेलपानी सडक निर्माणको काम गर्ने – लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १७, सोमबार १८:२१ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया,भाद्र १७ गते / बर्दियालाई कर्णाली प्रदेश संग जोड्न भुरिगाउँ तेलपानी सडक निर्माणको काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताएका छन् ।

    नेकपा एमाले बर्दिया जिल्ला कमिटिले सदस्यहरुको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आएका मुख्यमन्त्री आचार्यले सोमबार यस्तो बताएका हुन्  ।

    बर्दिया जिल्लामा समस्याको रुपमा रहेको मानव बन्यजन्तु द्वन्द्व ब्यवस्थापनका लागि आरसिसि वाल निर्माण गरिने कार्यलाई प्राथमिकतामा राखिएको भन्दै बर्दिया जिल्लाको पर्यापर्यटन प्रवर्धन काम गर्ने योजना रहेको बताए ।

    त्यसैगरि लुम्बिनी प्रदेशका जनताले प्रत्यक्ष सुशासनको अनुभूति गर्ने गरी काम गर्ने योजनाका साथ अघि बढ्ने बताए।

    आफू मुख्यमन्त्री नियूक्ति भएको आज ३९औं दिनसम्म नीतिगत रुपमा निर्णय गरी सुशासन र पारदर्शिताको क्षेत्रमा जनताले अनुभूति गर्ने गरी काम गरेको भनाई राखे । बर्दिया जिल्लाको विकासको सन्दर्भमा संचारकर्मीहरुसंग साक्षात्कार गर्दै मुख्यमन्त्री आचार्यले बर्दियाको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकारले पुंजीगत तर्फ १ अर्ब ६२ करोड रुपैया विनियोजन गरेको जानकारी दिए । प्रेस चौतारी नेपाल बर्दिया शाखाले भुरिगाउँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रीहरुले पालना गर्नु पर्ने आचार संहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत सुनाए ।

    Post Views: 253
    प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.