• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देउवासमक्ष विश्वप्रकाशको प्रस्तावः अब प्रधानमन्त्री त्याग गरेर राजनेता बन्नुस्

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १६, आईतवार २२:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।

    आइतबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।

    ‘एमाले पार्टीसँगको ७ बुँदे समझदारी बमोजिम २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ,’ बैठकमा बोल्दै महामन्त्री शर्माले भने, ‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न। आफ्नै पुस्ताको कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ।’

    महामन्त्री शर्माले देउवालाई आफ्नै पुस्ताका अन्य ६ जना नेताहरूमध्ये एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न पनि सुझाव दिए। जसमा डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा। शशाङ्क कोइराला र अर्जुननरसिंह केसीको नाम लिए।

    कांग्रेसबाट प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न एकसे एक अग्रज, अनुभवी र दक्ष नेताहरू रहेको बताउँदै महामन्त्री शर्माले जसमध्येबाट जसलाई बनाए पनि न्याय र कदर हुने बताए। ‘यस्तो गर्दा एक, सभापतिको त्याग देखिन्छ। दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ। तिन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ महामन्त्री शर्माले प्रस्ताव राख्दा बोलेको कुरालाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने।

    सभापति देउवाले यसरी त्याग गर्दा राजनेता बन्न सक्ने पनि दाबी गरे। महामन्त्री शर्माले नीति, कर्म र त्यागबाट राजनेता बन्ने बताउँदै सभापति देउवाले नीति र कर्म गरिसकेको बताउँदै अब बाँकी त्याग रहेको पनि टिप्पणी गरे। ‘अब ०८३ असारमा पुगेर त्यो त्याग पनि गर्नुपर्छ,’ उनले भने।

    शर्माले देउवाको नेतृत्वमा कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटन विरुद्ध आन्दोलन लगायतका सफलता हासिल भएकाले प्रशंसा र बधाईका पात्र रहेको पनि बताए।

     

     

    नागरीक साभार

    Post Views: 207
    प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार २२:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.