• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डियर तलब, आई लभ यु

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र ८, शनिबार १२:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    श्री तलब महोदय,

    एक तलबजीवी तलबपीडित कर्मचारीको न्यानो अभिभादन स्वीकार गर । इच्छा, आकाङ्क्षा निरन्तर बेलुन जसरी फुल्दै छ । महँगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो तर तिम्रो साइज ज्युँका त्युँ छ । अलिकति भए पनि साइज बढाउँछौ कि भनी एक वर्ष कुरियो । जेठ पन्ध्रमा बजेट भाषण पनि आयो । हिस्स बुढी हरिया दाँत भयो । बजेटमा तिम्रो शत्रु (कर) को बरु निकै हालीमुहाली देखिन्छ । तिम्रो आफ्नो आकार भने कम्तीमा एक वर्षका लागि पुनः उही रहने निश्चित भयो । तिम्रो यस पालि नबढ्ने निर्णयले लाखौँको सङ्ख्यामा रहेका म जस्ता मध्यम वर्गीय आशामुखीहरू मर्माहत भएका छौँ ।

    तिमी नबढ्नाले तिम्रो ठुल्दाई (पेन्सन) पनि बढेन । तिम्रो बा (वृद्धभत्ता) चुनाव अघिदेखि नै निकै फाँइफुट्टी लाउँथे, यसपालि उनी पनि बढ्न सकेनन् । खैर, तिम्ले त धोका दियौ दियौ तिम्रो सौतेनी आमाको छ१३ोरो (महँगी भत्ता) ले पनि हामीलाई यसपालि धोका दिएको छ ।

    प्रिय तलब, जागिरे जीवन दुःखी जीवन रहेछ । यो दुःखी जीवनमा प्रवेश गरेको पूरै दशक नाघिसकेछ । यसबिचमा पाँच पटक तलब हेरफेर हुँदा २५० प्रतिशत बढेछ । यसै समयमा दस पटक जति पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो होला । बजार भाउको कुनै लेखाजोखा छैन । सुरुमा २० रुपियाँमा एक छाक टर्ने सब्जी किन्न पाइन्थ्यो, अहिले त्यही स्तरको सब्जी एक छाकको सयमा मुस्किलले आउँछ । तेह्र सयमा बस्दै गरेको कोठाको भाडा अहिले म ८५ सय तिर्दै छु । तसर्थ यो एक दशकमा कमाइको तुलनामा खर्च निकै नै बढेको आभास गर्दै छु ।

    प्रिय तलब, तिम्रै दर्शनका खातिर हामी तलबजीवीहरू मरी मरी २५–३० दिन काम गर्र्छौं । तलब आउने साता खल्ती रित्तिएर पुरै टाट भइन्छ । यो सरसापटको याम हो । फेरि सबैको हालत उही भएकाले कसैले ठुलो रकम सापट दिँदैनन् । बिहे नभएको ठेट्ना साथी परेभने अलिक फाइदा हुन्छ कारण ऊसँग यतिबेलासम्म पनि राम्रै रकम एकाउन्टमा हुन्छ । यही साता हो तलब आएपछि यसो गर्छु र उसो गर्छु भनेर सपना बुन्ने । आफ्नो इच्छा र योजनाहरू पूरा गर्न ठुलै ग्य्रान्ड डिजाइन बनाइन्छ ।

    तलब तिमी आउने दिन त मन यति फुरुङ्ग हुन्छ कि कुरै छाडाँै । नयाँ पाइन्ट किन्न पाइन्छ भनेर आफू दङ्ग । आउँदै गरेको बिहेमा लगाउन पाटी सुज किन्न पाइन्छ भनेर श्रीमती दङ्ग । बाउले फिजेट स्पिनर किनिदिन्छ भनेर पाँचवर्षे छोरो दङ्ग । पसलको चिया उधारो तिर्दिन्छ भनेर हजुरबा दङ्ग । डिस टिभी रिचार्ज गर्दिन्छ भनेर बुवा दङ्ग । सबै जना दङ्ग हुने दिन, महिनाको अन्तिम दिन यानि तिमी आउने दिन ।

    बैङ्कको खाता निमिट्यान्न हुने गरी सब पैसा निकालेर जब ल्याइन्छ तब सुरु हुन्छ एक महिनाको यात्रा जुन तिम्रै भरमा अघि बढ्छ । पहिलो साता बिन्दास चल्छ । रहरका कपडा, रेस्टुराँ, क्यापुचिनो, सिज्लर, कबाब, थियटर, विकेन्ड क्लब डान्स वा फेन्टासी टुर । दोस्रो साता आउने हप्तालाई ग्रोसरी जोहो, पानी बिजुली, टिभी, इन्टरनेट फोन बिल, छोराको मोन्टेस्वरी फी, हजुरबुवाको अक्सिजन सिलिन्डर, बुवाको प्रेसरको औषधी, श्रीमतीको आइलाइनर, छोराको एक्सर्साइज बुक । खाजाको स्तर यो साता मम र चाउमिनमा झरिसक्छ । पहिलो साता अप्लोड गरेका फोटोहरूमा लाइक कमेन्ट हेरेर रमाउने पनि दोस्रो साता हो ।

    पहिलो साता मोज गरेर पैसा टन्नै मासिन्छ । दोस्रो साता बचेखुँचेको सकिन्छ । तेस्रो साता अब तानतुन गर्दै अघिल्लो महिनाको सापटी तिर्नै पर्ने हुन्छ । नतिरे अब आउने साता फेरि सापटी कसरी पाउनु ? चौथो साता लाग्दा त गोजी टक्कुनटाट नै हुन्छ । कसैले कुनै योजना अगाडि सारी हाले भने– पैसो न सैसो टिकी ट्यास् ट्यास् भनेर पन्छिने काम गरिन्छ । सिधा अफिस जाने, सिधा घर आउने । न दायाँ न बायाँ । छोराको बिहे परे भिन्नै कुरा नत्र छोरीको बिहेको निम्तो पनि मानिन्न । ससुराली वा मामाघरतिर केही कार्यव्रmम परेमा खामको लोभले नि टाउको टेकेर पुगिन्छ । तलब आउनासाथ तिर्छु भन्दै साथीभाइसँग दारा ङिच्याउँदै २–४ हजार सापट माग्न पुगिन्छ । कतिले दिन्छन्, कतिले यसपालि मैले चाहिँ तँसँग माग्ने आँटेको भन्दिन्छन् । पत्याउने पसलबाट सामान पनि उधारो ल्याइन्छ । यो साता आर्थिक दुरवस्थाले परिवारमा किचलो र अशान्ति मच्चिन्छ अनि कहिल्यै विश्वास नलाग्ने राशिफलका पानाहरू पल्टाउन बाध्य हुनु पर्छ । तिमी आएपछि सब थोक ठिक हुन्छ भन्ने आत्मबलले यो हप्ता बित्छ ।

    यसरी तिम्रै सेरोफेरोमा हामी जागिरेको परिवार टिकेको छ । यसपालि तिमी नबढेर धेरै इच्छाहरूको हत्या भएको छ । सौराहा घुम्न नपाइने भो, छोरोलाई राम्रो स्कुलमा हाल्न नपाइने भो । घरमा बार्दली थप्न नपाइने भो । सूचीहरू अनन्त छन् । बजार भाउलाई हेर्दा तिमी साह्रै दुब्लो देखिएका छौ । अर्को बजेटमा तिमी यति मोटाउ कि कर्मचारीको दरिद्रता घुस र कमिसनमा गएर नठोक्कियोस् । तिम्रो साइज देखेर अफिस आइरहुँ, काम गरिरहुँ जस्तो लागोस् ।

    उही तिम्रो तलबपीडित बनेपा  

    Post Views: 230
    प्रकाशित मिति: २०८१ भाद्र ८, शनिबार १२:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.