ठाकुरबाबा, साउन २१ गते / ठाकुरबाबामा बालविवाह न्युनिकरण र अन्त्य सम्बन्धी राष्ट्रि«य रणनीति, कार्यनीति र कानुनी प्रावधान सम्बन्धी सरोकारवालाहरुको क्षमता अभिवृद्धि गोष्ठि संचालन गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह विग्रुरुपको साझेदारीमा संचालन गरिएको हो । बालविवहा न्युनिकरण गर्न सरोकारवालाको मुख्य भुमिका र प्रचलित कानुनी व्यवस्थाका सम्बन्धमा जानकारी दिने उदेश्यले गोष्ठि संचालन गरिएको विग्रुरुपका प्राविधिक संयोजक जयलाल विश्वकर्माले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्ययता रहेको थियो । यस्तै अतिथिमा १ देखि ९ सम्मका वडा अध्यक्षहरुको आतिथ्ययता रहेको विग्रुरुपकी फिल्ड सुपरभाईजर मायाँ खड्काले जानकारी दिनुभयो ।
कार्यक्रम तथा गोष्ठिमा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, प्रहरी शाखाका प्रमुख लगायत सरोकारवाला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समुह विग्रुपको आर्थिक सहयोगमा संचालन गरिएको गोष्ठिको सहजीकरण सहजकर्ता शिवलाल पौड्यलले गर्नुभएको हो ।




