• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबाका प्रधानाध्यापकहरुको क्षमता विकास गोष्ठि संचालन

  •  अन्जना चौधरी
  • २०८१ श्रावण २१, सोमबार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, साउन २१ गते / ठाकुरबाबा नगरपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना रीयल प्लान विषयक १ दिने प्रधानाध्यापकहरुको क्षमता विकास गोष्ठि संचालन गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना संचालित गोष्ठि प्लान इन्टरनेश्नल नेपालको साझेदारी तथा भेरी वातावरणीय विशिष्टता समुह विग्रुप र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको आर्थिक सहयोग संचालन गरिएको भेरी वातावरणीय विशिष्टता समुह विग्रुपका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

    गोष्ठिमा ठाकुरबाबा नगरपालिकाका माध्यामिक तथा आधारभुत विद्यालयका प्रधानाध्यापकहरुको क्षमता विकासका लागि गोष्ठि संचालन गरिएको हो । विद्यालयमा विदर्थीहरुको आपुरण तथा द्रुत सिकाईलाई थप प्रभावकारी बनाउनका लागि तालिम संचालन गरिएको संयोजक शर्माले बताउनुभयो । सिकाईस्तर निम्न भएका विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको हो ।
    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिकाले एसइई परिक्षामा बर्दिया जिल्लामै राम्रो नतिजा ल्याउन सफल भएपनि अझै सुधार गर्नुपर्ने कुराहरु धेरै रहेकाले समस्याको सुक्ष्म रुपमा विश्लेषण गर्दै अगाडि बढ्न पर्ने बताउनुभयो ।
    अझैपनि विद्यालयल तथा विद्यार्थीहरुमा भए गरेका कम्जोरीहरुको सुक्ष्मरुपमा विश्लेषण गरि समस्याहरुको समाधान तर्फ लाग्न र कडाईका साथ सवै शिक्षक तथा विद्यार्थीहरुलाई प्रधानाध्यापकहरुले सुझाव दिनुपर्ने बताउनुभयो ।
    यसैगरि उपप्रमुख विना कुमारी भट्टराईले विद्यार्थीहरुको आपुरण तथा द्रुत सिकाईलाई प्रभावकारी बनाउनका लागि विद्यालयको वातावरण र पारिवारीक वातावरण उचित हुनुपर्ने बताउँदै विद्यार्थीहरुका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
    नतिजा विश्लेषणका आधारमा समुहिकृत गरि आधारभुत तहभन्दा न्युन सिकाई अवस्थाका विद्यार्थीलाई ३५ भन्दा कम अर्थात रातो समुह, आधारभुत तहको सिकाई अवस्थाका विद्यर्थीलाई ३५ देखि ५० प्रतिशत भन्दा कम अर्थात निलो समुहमा राख्नुपर्ने,
    यस्तै औसतभन्दा कम सिकाई अवस्थाका विद्यार्थीलाई ५० देखि ७० भन्दा कम तथा हरियो समुह, उच्च सिकाई अवस्थाका विद्यार्थीलाई ७० देखि ९० लाई सुन्तला समुह र उत्कृष्ट सिकाई अवस्थाका विद्यार्थीलाई ९० देखि १०० प्रतिशत अंक अर्थात पहेँलो समुहमा विभाजन गरि नतिजा विश्लेषण गर्नुपर्ने बताईएको छ ।
    यसैगरि रियल प्लानलाई सफल पार्नका लागि पालिका स्तरको समेत कार्ययोजना बनाईको विग्रुपका कार्यक्रम संयोजक लक्ष्मी प्रसाल शर्माले जानकारी दिनुभयो ।
    ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विना कुमारी भट्टराईको विशेष आतिथ्ययता रहेको थियो ।
    कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका विभिन्न माध्यामिक र आधारभुत विद्यालयका प्रधानाध्यापक लगायत शिक्षा शाखा प्रमुख सिता भण्डारी, शिक्षा सुपरिवेक्षकद्धय नन्दराम अधिकारी र नवराज ढुङगाना लगायत साझेदार संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको विग्रुप कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

    Post Views: 230
    प्रकाशित मिति: २०८१ श्रावण २१, सोमबार ११:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.