बर्दिया, साउन १६ गते(माउन्टेनसमाचार) / बर्दियाको सदरमुकाम गुलरियामा केन्द्रीय कार्यालय रहि विगत २ दशक भन्दा बढि समय देखि संचालित बर्दिया कृष्णसार यातायात व्यवसायीले स्थानीयहरुलाई सेवा दिईरहेको छ। स्थानीयमा पहुँच अझै सहज र स्तरीय सेवा दिने हेतु यातायात प्रालीले अबका दिनमा आफ्नो अनलाइन एप्स बाट टिकट बुकिङ सेवाको आजबाट सुभारम्भ गरेको आज एक कार्यक्रमका बिच बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष रवि मल्ल ठकुरीले जानकारी दिए। यात्रु मैत्री, सुरक्षित र आरामदायी सेवा दिदै आइहरेको बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रालिले आम यात्रुहरूले उच्चतम सुविधालाई मध्यनजर गर्दै सहज टिकट वितरणका लागि “बर्दिया कृष्णसार यातायात” एप्सको अनलाइन बुकिङ मार्फत टिकट बुकिङ व्यवस्थापन गरि बर्दिया देखि देशको विभिन्न शहरहरुमा यात्रुमैत्री सुबिधा सम्पन्न यातायात सेवा संचालनमा ल्याईएको अध्यक्ष मल्लले बताए।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीले यात्रु महानुभावहरुमा आधुनिक प्रणालीबाट विद्युतिय माध्यमद्वारा टिकट काउण्टरबाट टिकट काट्ने ब्यवस्थाका साथै अनलाईनबाट प्रा.ली.को वेवसाईट र मोबाईल एपबाट घरमा बसी आफैले सवारी साधन छनौट गरी अनलाईनमा उपलब्ध सिट आफ्नै मोबाईलबाट तोकिएको मोबाईल वालेट तथा मोबाईल बैकिङ्गबाट सिट बुकिङ्ग गर्न सकिने ई टिकटिङ्ग सेवा सुचारु गरिएको बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका संरक्षक एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह महासचिव शम्भुप्रसाद रिजालले बताए। हाल यातायात प्रालीले देशका विभिन्न स्थानहरुमा सेवा दिदै आइनै रहेको र साथै प्रालीले भारतको दिल्ली,लखनउ लगायतका स्थानहरुमा समेत स्तरीय सेवा दिन रहेको समेत रिजालले जानकारी दिए। अनलाइन र एप्सबाट टिकट बुकिङ सुलभ तरिकाले पाउने उपलब्धताले यात्रुहरूलाई सहज रहने समेत रिजालले बताए।




