• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षकहरुका लागि वृहत विद्यालय सुरक्षा विषयक २ दिने क्षमता विकास गोष्ठि

  •  माउण्टेन संवाददाता
  • २०८१ श्रावण १३, आईतवार १५:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, साउन १२ गते / बर्दियाको भुरीगाउँमा शिक्षकहरुका लागि वृहत विद्यालय सुरक्षा विषयक २ दिने क्षमता विकास गोष्ठि सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह वि ग्रुपको साझेदारीमा संचालित कार्यक्रम ठाकुरबाबा नगरपालिकाको समन्वयमा तालिम साउन ११ र १२ गते संचालन भएको थियो ।

    विद्यालयमा देखा पर्ने जोखिम तथा समस्याको समाधानका कुरालाई जोड दिइएको भेरी वातावरणीय विशिष्टता समुह विग्रुपका कार्यक्रम संयोजक लक्ष्मी प्रशाद शर्माले जानकारी दिनुभयो । प्राकृतिक प्रकोप मानवीय कारणबाट उत्पन्न हुने विपद्को असर, विद्यालय तथा बालबालिकाहरुमा पर्न नदिने र न्युनिकरण गर्ने मुख्य उदेश्य सहित तालिमको आयोजना गरिएको भेरी वातावरणीय विशिष्टता समुह वि ग्रुपकी फिल्ड सुपरभाईजर विमला रावतले बताउनुभयो ।

    गोष्ठिमा विशेष गरि ठाकुरबाबा नगरपालिकाका शिक्षकहरुका लागि विद्यालयमा हुने विपद जोखिम न्युनिकरण, बालविवहा न्युनिकरण, विद्यार्थीहरुको सक्रिय सहभागितामा निरन्तरता तथा बालमैत्री सिकाई लगायत स्थानीय शासनका कुराहरुलाई जोड दिइएको भेरी वातावरणीय विशिष्टता समुह विग्रुपकी फिल्ड सुपर भाईजर रावतले जानकारी दिनुभयो ।

    तालिम पश्चात सहभागि सवै शिक्षकहरुले आ–आफ्नो विद्यालयमा तालिममा सिकेका कुराहरुलाई आफ्नो विद्यालयलयमा विपद् व्यवस्थापन सम्बन्धि समिति गठन गरि कार्ययोजना बनाई लागु गर्ने बताएका छन ।

    कार्यक्रम समापनका दिन त्रिभुवन नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक वामदेव ढकाल र जगदम्बा माध्यामिक विद्यालयकी फोकल शिक्षक गिता खड्काले आफ्नो भनाई प्रस्तुत गर्दै आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रम ल्याउनुपर्ने बताएका छन । यस्ता किसिमका कार्यक्रम सवै विद्यालयमा लागु गर्न सके बालमैत्री सिकाई हुने प्रधानाध्यापक ढकालले बताउनुभएको हो ।

    गोष्ठिमा ठाकुरबाबा नगरपालिकाका विभिन्न माध्यामिक र आधारभुत विद्यालयका २४ जना शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठिको सहजीकरण बलराम सिग्देलले गरिरहनुभएको हो ।

    Post Views: 266
    प्रकाशित मिति: २०८१ श्रावण १३, आईतवार १५:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.