• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा

  •  माउण्टेन संवाददाता
  • २०८१ श्रावण ११, शुक्रबार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, साउन ११ गते / विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुरहान वाइल्डरनेस क्याम्प्स’ परेको छ ।
    टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिइएको छैन । भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स परेको हो ।
    टाइमले यस्तो सूची प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । एक शताब्दीदेखि अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुँदै आएको साप्ताहिक म्यागाजिन टाइमको यस्तो सूची हेरेर संसारका करोडौं पर्यटक विभिन्न गन्तव्य भ्रमण गर्न जान्छन् ।
    ‘बुरहान वाइल्डरनेस क्याम्प्सले बर्दिया राष्ट्रिय निकुञ् प्रवेश नगरिकनै पर्यटकलाई बुसवाक, क्यानोइ ट्रिप, वाइल्डलाइफ ट्र्याकिङ र जंगल सफारीमा जीपको अगाडिको सिटमा बसेर हात्ती, एक सिंगे गैंडा, हरिणलगायत जनावर नजिकबाट देखाउने सुविधा उपलब्ध गराउँछ,’ टाइमले संरक्षणविद् मनोज गौतमलाई उद्धृत गर्दै आफ्नो सूचीमा लेखेको छ, ‘यी सबै जनावर देखिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन तर पाटेबाघ देखिने सम्भावन भने उच्च रहन्छ, जसका लागि कम्तीमा तीन दिन त्यहाँ बस्नुपर्छ । यदि बाघ देखिएन भने पनि रातभरि बाघ कराएको भने सुन्न सकिन्छ ।’
    जेन गुडल इन्स्टिच्युट नेपालका पूर्वनिर्देशक समेत रहेका गौतमले बर्दिया निकुञ्जभन्दा बाहिर खाटा वाइल्डलाइफ करिडोरमा एक टुक्रा जग्गा किनेर उक्त वाइल्डरनेस क्याम्प्स सञ्चालन गरिरहेको टाइमले लेखेको छ ।
    पर्यटनमा दिगो भविष्य निर्माण गर्ने उद्देश्य लिएर गौतमले खरिद गरेको जग्गामा बनाइएको वाइल्डरनेस क्याम्प्स कर्णाली नदीको दुई भंगालोको बीचमा रहेको छ ।
    टाइमका अनुसार गौतमको क्याम्प्सले जंगली जनाव संरक्षलाई उच्च प्राथमिकता दिएको छ । गौतमले सौर्य ऊर्जाबाट चल्ने एउटा ट्रिहाउस पनि बनाएका छन्, जुन वर्षा मौसम सकिएपछि सञ्चालन हुने गर्छ ।
    त्यस्तै पर्यटक भएका बेलामात्र सफारी टेन्ट स्थापना गरिन्छ । पर्यटक आएपछि स्थानीय अर्गानिक खानेकुरा पस्किने गरिएको छ । गौतमले रोजगारीका माध्यमबाट आदिवासी थारू संस्कृतिमा सहयोग गर्न नजिकै गाउँमा झिँगटीको छानो भएको लामो टहरा बनाएर पर्यटकलाई बास बसाउँदै आएका छन् । जहाँ मानव–बाघ द्वन्द्वमा जीवन जोगाउने समाधानका उपायबारे जानकारी गराइने टाइमले उल्लेख गरेको छ ।
    ‘संरक्षणको फाइदा स्थानीय समुदायलाई पुग्ने गरी काम गरिएको छ । बफर जोनमा जिम्मेवार पर्यटन विकास गर्दै जाने उद्देश्य छ,’ टाइमले गौतमलाई उद्धृत गर्दै लेखेको छ, ‘बर्दियाको जस्तै मोडेलमा देशका अन्य दुर्गम क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पनि क्याम्प सञ्चालन गर्ने लक्ष्य छ ।’
    टाइमले तयार पारेको सूचीमा न्यु मेक्सिकोको सान्टा फेमा रहेको मोडर्न एल्डर एकेमडेमी, अन्टार्कटिकाको ह्वाइट डेजर्ट, केन्याको अन्गामा अम्बोसेली, इन्डोनेसियाको बाम्बु इन्डाह, पोर्चुगलको भर्मेल्हो होटल, अस्ट्रेलियाको सन र्‍यान्च, कतारको आवर ह्याबिट्यास रास अब्रोक, आइस्ल्यान्डको हाइल्यान्ड बेस, अमेरिकाको स्नो पिक लङ बिच क्याम्पफिल्ड लगायत छन् ।
    त्यसैगरी मलेसिया, इक्वेडर, मेक्सिको, अलास्का, थाइल्यान्ड, पेरिस, स्पेन, साउदी अरब, नर्वे, भुटान, लन्डन, नैरोबी, अस्ट्रिया, बोत्स्वाना, लस भेगास, अर्जेन्टिना, अल्बानिया, बहामास, नेदरल्यान्ड लगायत ठाउँ पनि यो सूचीमा परेका छन् ।

    Post Views: 289
    प्रकाशित मिति: २०८१ श्रावण ११, शुक्रबार १०:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.