• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जैविक विविधता तथा वातावरणीय सचेतना सम्बन्धि प्रशिक्षण तालिम

  •  अन्जना चौधरी
  • २०८१ श्रावण ७, सोमबार १०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, साउन ५ गते / जलवायु परिर्वतन न्युनिकरण तथा अनुलनका विविध विषयक साझा सवाल उठान भएका छन । जैविक विविधता तथा वातावरणीय सचेतना सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिममा ठोस फोहर मैला व्यवस्थापनका कुराहरुलाई समेत उठान गरिएको छ ।

    साउन ३ विहीबार देखि सुरु भइ ५ गते शनिबारसम्म संचालन भएको कार्यक्रमको आयोजना सम्बर्धन परियोजनाले गरेको थियो । भने युरोपियन युनियन, अष्ट्रियन डेभलवमेन्टको आर्थिक सहयोग र आड्रा, एन्साफ, विग्रुप तथा फेकोफनको सहकार्यमा कार्यक्रमको अयोजना गरिएको सम्बर्धन परियोजनाका प्रमुख प्रेम चौधरीले जानकारी दिनुभयो ।

    कार्यक्रममा पछिल्लो समय विश्वव्यापी रुपमा भइरहेको साझा समस्या जलवायुपरिर्वतका विषयका विविध समस्या तथा समाधान कसरी संभव छ भन्ने विषयमा जानकारी गराईको थियो ।

    नेपालले गरिबी, जीविकोपार्जन, जैविक विविधता संरक्षणका क्षेत्रमा सङघर्ष गर्दै आईरहेको छ । प्राकृतिक स्रोतप्रति आत्मनिर्भर रहेका अधिकाँश गरिब मानिसहरु घरबार विहीन अवस्थामा छन । उक्त समुहमा दलित, पिछडीएका वर्ग, आदिवासी जनजाति समुदायका मानिसहरु पर्दछन ।

    सम्वर्धन परियोजनाद्वारा नागरिक सामुदायिक संस्थाहरुका सदस्यहरु वन उपभोक्ता समुह र कृषक समुहलाई पारिस्थितीकिय प्रणाली तथा सुधारिएको जीविकोपार्जनका गतिविधिहरु मार्फत आय आर्जनमा सुधार तथा अभिवृद्धि हुने अपेक्षा गरिएको संर्वधन परियोजनाका प्रमुख प्रेम चौधरीले बताउनुभयो ।

    यसैगरि परियोजना मार्फत युरोपेली संघको सहकार्यमा जैविक विविधताका रणनिती २०३० अनुरुप वनयजन्तु प्रतिरोधक प्रविधिहरुको परिक्षण गरि वन्यजन्तुहरुको घटना तथा क्षतीहरु न्युनिकरण गर्ने साथै मानव र वन्यजन्तुबिचको द्धन्द कम गराउने र वन्यजन्तुहरुको तस्करी विरुद्ध पनि रोक लागउने र विविध क्रियाकलापहरु गर्ने लक्ष्य लिएको प्रमुख चौधरीले बताउनुभयो ।

    परियोजनाले स्थानीय सरकारको सहयोगमा जैविक विविधता संरक्षण र जीविकोपार्जनको निम्ती वनमा आश्रित भएका सामुदायहरुलाई लक्षित गरि आवश्यक लगानी बढाउने, रणनिती र नितिगत सहयोग गर्ने योजना बनाएको छ ।

    संरक्षणका प्राथमिकताका अतिरिक्त, परियोजनाले समुदायमा आधारित उद्यम मार्फत जीविकोपार्जन, पर्यटन र वातावरण मैत्री समृद्ध अर्थतन्त्र, लैगिंक समानता तथा सामाजिक समावेशीकरणकार्यलाई मुख्य विषयवस्तु तथा रणनीति क्षेत्रको रुपमा जोड दिएको छ ।

    परियोजनाले विभिन्न उपलब्धीहरु हात पारेको छ । लुम्बीनी प्रदेशका बाँके र बर्दिया जिल्लाहरुका वन उपभोक्ता समुह कृषक, नागरिक समुदाय र निजी तथा सार्वजानिक सरोकारवालाहरु मार्फत जैविक विविधताको संरक्षण, दिगो उपयोग र इकोसिस्टम पारिस्थितीक प्रणालीको पुनस्र्थापनामा उन्नत अभ्यास प्रयोगमा ल्याएको संस्थाले जनाएको छ ।

    पछिल्लो समय दिनप्रतिदिन वातावरण प्रतिकुल हुँदैजाँदा मानिस लगायत जीवीत प्राणीहरुमा देखा परिरहेका साझा समस्याहरुलाई कसरी न्युनिकरण गर्न सकिन्छ र समयमा न्युनिकरण गर्न नसकेमा कस्ता खालका समस्याहरु देखा पर्नेछन भन्ने विषयमा सरोकारवालाहरुबीचमा छलफल तथा अन्र्तक्रिया गरिएको हो ।

    समयमा जलवायुपरिर्वतनको विषम परिस्थितीबारे सजग नभए भविष्यमा अझै धेरै ठुला ठुला चुनौतीको समाना गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन । समयमा सजगभई जलवायु परिर्वतन हुनबाट रोक्नलाई वातावारण संरक्षणमा सवै एकसाथ लाग्न सके न्युनिकरण गर्न सकिने ठाकुरबाबा नगरपालिका ८ जगदम्बा माध्यामिक विद्यालयका वातावरण शिक्षक संरक्षणकर्मी बाँसुदेव भट्टराईले बताउनुभयो ।

    उहाँले आफुले वातावरण संरक्षणका लागि काम गर्न थालेको २७ वर्ष भएको र त्यस अवधिमा आफुले भोग्नुपरेका चुनौती र सफल्ताबारे आफ्नो अनुभव समेत बताउनुभयो । उहाँले भन्नुभयो, म निरन्तर वातावरण संरक्षणमा लागि रहेको छु र वातावरण यूवा क्वल पनि बर्दियामा विद्यालय तहबाट सर्वप्रथम सुरुवात गर्ने पनि आफुहरु रहेको बताउनुभयो । वातावरण संरक्षण भन्नेकुरा एक जना दुइजनाले गरेर मात्र नहुने भएकाले सवैपक्ष एकसाथ लागेमा सुधार हुँदै जाने उल्लेख गर्नुभयो ।

    यसैगरि ठोसफोहर मैला व्यवस्थापनले पनि वातावरण संरक्षणमा टेवा पुग्ने भएकाले फोहर मैलाको व्यवस्थापनमा ध्यान दिनका लागि आग्रह गरिएको छ । परियोजनाका दिवराज भुसालले फोर व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको हो । नेपालमा ठोस फोहर व्यवस्थापनको वर्तमान अवस्था र निती सिफारिस, फोहर व्यवस्थापनका सिदान्तका साथै श्रोतमै फोहर घटाउने तरिकाहरुकाका विषयमा समेत स्पष्ट रुपमा छलफल गराउनुभएको थियो ।

    ठोस फोहर मैला व्यवस्थापनका लागि प्रयोग भइरहेका फोहरलाई कार्यक्रममा परियोजना संचालन भएका २ जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका तथा बाँकेका राप्ती सोनारी र कोहलपुर नगरपालिका शिक्षक, वन समितीका सदस्यहरु,युवा क्लवका सदस्यहरु संरक्षणकर्मी तथा विविसीकी पत्रकार विमला चौधरी लगायतको सहभागिता रहेको थियो ।

    Post Views: 379
    प्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार १०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.