• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

त्रिशूलीमा बेपत्ता बस आज पनि भेटिएन, भोलि बिहान ७ बजेबाट पुनः खोजिने

  •  माउण्टेन संवाददाता
  • २०८१ असार २९, शनिबार २०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन।

    आज (शनिबार) साँझ भइसकेकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली (आइतबार) बिहान ७ बजेबाटै पुनः खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।

    ‘हालसम्म ३ जनाको शव फेला परेको छ। आज साँझ भइसकेकाले खोजी कार्य स्थगित गरेका छौं। भोली बिहान ७ बजेबाटै पुनः खोजी सुरु गर्छौँ। मौसमले कत्तीको साथ दिन्छ। सोही अनुसार खोजी सुरु गर्छौँ।’ उनले नागरिक न्युजसँग भने।

    नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा-२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ५२ जना सवार रहेको बताइएको छ।

    तीमध्ये तीन जना पौडिएर ज्यान बचाउन सके भने शनिबार तीन जनाको शव भेटिएको छ। तीन मध्य दुई जनाको सनाखत भइसकेको छ। एककाे सनाखत हुन बाँकी छ। अरु यात्रुको घटना भएको यत्रो समयसम्म पनि अत्तोपत्तो छैन। बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन।

    बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन।

    सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक-पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे। तर कुनै उपलब्धि हासिल भएन।

    हालसम्म ३ शव फेला: दुईको सनाखत, एकको अज्ञात

    शनिबार बिहान नदी किनारमा घोप्टो परेको अवस्थामा एक शव भेटिएको थियो। उक्त शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको प्रहरीले पुष्टि गरेको छ।

    उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए।

    यसैगरी, शनिबार दिउँसो करिब साढे ३ बजे आसपास नवलपरासी पूर्वको गैँडाकोटमा भेटिएको दुई शव फेला परेको थियो। दुई शव मध्य एक शवको पहिचान खुलेको छ भने अर्को शवको अझै सनाखत हुन सकेको छैन।

    सनाखत भएको उक्त शव सर्लाहीका बरहथवा नगरपालिका वडा नं-३ निवासी १९ वर्षीय रमित कुशर माझीको रहेको प्रहरीले जनाएको छ। उनका बुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन्।

    उनी काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति बसमा सवार यात्रु थिए। प्रहरीले उनको शव शनिबार दिउँसो साढे ३ बजे आसपास नारायणी नदीको किनारमा फेला पारेको थियो।

    नदीले बगाएर ल्याएको अर्को अन्दाजी २५–३० वर्षका पुरुषको शवको भने हालसम्म पहिचान खुल्न सकेको छैन। दुवैको शव करिब १० फिटको दूरीमा फेला परेको थियो।

    चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।

    बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ।

     

     

    Post Views: 249
    प्रकाशित मिति: २०८१ असार २९, शनिबार २०:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.