• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विमाको चालु आवको दुई करोड बढी रकम भुक्तानी लिन बाँकी बर्दिया अस्पतालले

  •  रामप्रसाद चौहान
  • २०८१ असार २८, शुक्रबार ११:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,असार २८ गते / नेपाल स्वास्थ्य बिमा बोर्डले बर्दिया अस्पताललाई भुक्तानी दिन ढिलाई गरेको पाईएको छ । बिमा बोर्डले चालु आर्थिक वर्षको रु २ करोड ६२ लाख ४५ हजार २ सय ३६ भुक्तानी नगरेको पाईएको हो । बिमाले भुक्तानी दिन ढिलाई गर्दा अस्पताललाई औषधीलगायतको खर्च व्यवस्थापन गर्न गाह्रो भईरहेको जनाएको छ ।

    अस्पतालले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाका ४८ हजार ८ सय ६३ बिरामीलाई सेवा दिएको तथ्यांक छ । अस्पतालले रु ५ करोड ५२ लाख ९३ हजार ७ सय ९८ बिमामा क्लेम गरेको थियो । जसमा बिमाले क्लेम गरेको रकममा रु ५ करोड ४० लाख ६० हजार ५ सय ७७ स्वीकृत गरेको थियो । बिमाले स्वीकृत गरेको रकम चालु आवको असार १५ गतेसम्म रु २ करोड ७८ लाख १५ हजार ३ सय ४१ मात्र अस्पताललाई भुक्तानी गरेको पाईएको छ । गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रकम रु १ करोड ३१ लाख ५५ हजार ९ सय १३ चालु आर्थिक वर्षमा बिमा बोर्डले अस्पताललाई भुक्तानी गरेको छ ।

    यसरी गत आवको तुलनामा चालु आवको बिमाबाट भुक्तानी हुन बाँकी रकम बढी देखिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा.सुभाष पाण्डेयले बताए । ‘यसरी बिमाले अस्पताललाई ढिलो भुक्तानी दिदाँ समस्या देखिएको छ,’मेसु डा.पाण्डेयले भने,‘हामीले औषधी ल्याएको ठाउँमा तिर्न ढिलो हुँदा सम्बन्ध बिग्रिने उच्च जोखिम छ ।’

    अस्पतालमा बुधबार आयोजित आव ०८०÷०८१ को सामाजिक सेवा ईकाइ÷जेरियाट्रिकको वार्षिक समिक्षामा बिमाले भुक्तानी दिन ढिलाई गर्दा आर्थिक कारोबार व्यवस्थापनमा कठिनाई परेको विषय प्राथमिकतामा राखेर उठान गरिएको थियो ।

    अस्पतालको सामाजिक सेवा इकाईले चालु आवमा लक्षित समुहका ६ सय ५ जना बिरामीलाई रु ११ लाख १४ हजार ५ सय ५२ बराबरको निःशुल्क सेवा दिएको तथ्यांक सामाजिक सेवा इकाइका सहजकर्ता हेमन्त चौधरीले प्रस्तुत गरे । जेरियाट्रिक कार्यक्रम अन्र्तगत १ हजार ५३ जना बिरामीलाई रु १५ लाख ३ हजार ७ सय ६६ बराबरको सेवा दिएको देखाए । त्यसैगरि ओसिएमसिका २ सय ५ बिरामीलाई रु २ लाख २६ हजार ७ सय ४६, दम तथा ब्रोङकाइटिसका ४१, सिकलसेल एनिमियाका ८३, थालेसेनिमियाका २५, आमा सुरक्षा कार्यक्रम अन्र्तगत १ हजार ३ सय ९४ जना बिरामीलाई सेवा दिएको तथ्यांक सहजकर्ता चौधरीले प्रस्तुतीकरण गरे ।

    सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको छ । बर्दिया अस्पतालमा आव ०७४÷०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालनमा छ । लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन सामाजिक सेवा इकाइले सेवा दिईरहेको छ । सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।

    सामाजिक सेवा इकाई,जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम, ओसिएमसि, दम तथा बोङकाइटिस, सिकलसेल, स्वास्थ्य बिमा र पेन प्लस कार्यक्रम मार्फत अस्पतालले सेवाग्राहीलाई प्रभावकारी सेवा दिएको वार्षिक समिक्षामा मेसु डा.पाण्डेयले भनाई राखेका थिए ।

    वार्षिक समिक्षामा अस्पतालका बरिष्ठ मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, पत्रकार महासंघ बर्दियाकी उपाध्यक्ष मेनका चौधरीलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 287
    प्रकाशित मिति: २०८१ असार २८, शुक्रबार ११:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.