• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यस बर्ष बर्दियमा ५ जनाले वन्यजन्तुबाट क्षति भएका परिवारजनले राहत पाएनन्

  •  दिनेश ठाकुर
  • २०८१ असार २६, बुधबार २३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, असार २६ गते / राहत निर्देशिका संशोधन हुँदा वन्यजन्तुबाट भएको क्षतिको पीडित परिवारजनले राहत पाउन सकेका छैनन् । वन्यजन्तुबाट यो आर्थिक वर्ष ०८०/०८१ मा गरिएका मानवीय क्षति, अन्नबालीको क्षति, पशुधनको क्षति, भौतिक संरचनाको क्षतिको राहत उपलब्ध गराउन नसकेको वन डिभिजन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले बताएका छन्। राहत निर्देशिका २०६९ मा राष्ट्रिय निकुञ्जबाट उपलब्ध भइरहेको राहत अहिले २०८० सालमा संशोधन भई प्रदेश वन निर्देशनालय मार्फत वन मन्त्रालय गएर डिभिजन वन कार्यालयसम्म आउने कार्यविधिमा अहिले रहेको छ तर अहिले राहत रकम निकासा नहुँदा यस आर्थिक वर्षमा राहत रकम वितरण गर्न नसकिएको प्रमुख बिडारीले बताए। यस आर्थिक वर्षमा वन्यजन्तुबाट मृत्यु भएका पाँचजनाले राहत रकम पाउन नसकेको वन कार्यालयको रेकर्डमा रहेको छ।

    आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष ०८०/८१ अषाढ २० गतेसम्म वन्यजन्तुबाट २१ जना व्यक्तिको मृत्यु भएको छ त्यस्तै ४९ जना घाइते भएका छन् , २८१ पशुधनको क्षति भएको छ भने ४२ घरगोठमा क्षति पुगेको छ।

    मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न अति प्रभावित क्षेत्रहरूमा मचान, बिजुली तारबार ,साइरन ,सुधारिएको खोर निर्माण सडकबत्ती जडान लगायतका कामहरु गरिएको प्रमुख बिडारीले बताए ।

    दक्षिणतर्फ कतर्निया वाइल्ड लाइफ सेन्चुरी र उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज रहेको खाता जैविक मार्गमा पर्यावरणीय अनुसार वन्यजन्तुलाई चाहिने वातावरण अत्याधिक मानवीय चापले गर्दा असर पारेकोले त्यहाँका वन्यजन्तुलाई स्वतन्त्र रुपमा आवत जावत गर्न तिनै तहको सरकारले सघन रुपमा सम्बोधन गर्नुपर्ने बिडारीले बताए ।

    साथै वन्यजन्तुबाट उच्च जोखिममा रहेको मधुबन नगरपालिका वडा नम्बर १ पत्थरबोझी डाँडागाउँ त्यस्तै मधुबन नगरपालिका वडा नम्बर ३ भग्रैयाको बस्तीलाई सट्टा भर्ना सहित स्थानान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

    Post Views: 268
    प्रकाशित मिति: २०८१ असार २६, बुधबार २३:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.