मधुवन, असार २४ गते / बर्दिया मधुवन नगरपालिका बडा नं ५ कि एक महिलालाई नदिले बगाउदा मृत्यु भएको छ । मधुवन नगरपालिका बडा नं ५ कि ३५ बर्षिय शान्ता खड्काको असार २३ गते भारि बर्षाका बिच जङ्गलमा च्याउ टिप्न जाने क्रममा भारत र नेपाल सिमा नजिकको नदिको बहावले बगाएर मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जानकारी दिनु भएको छ। मधुवन नपा बडा नं ५ को ९९ नम्बर पिलर नजिक घटना भएको र मृतकको शव आज मात्र सिमापारी भारतमा भेटिएको र नेपाल ल्याउने क्रममा रहेको समेत प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भएको छ।





