• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल कै दुर्गम कृष्णसारको संख्यामा बृद्धि

  •  होमेन्द्र थापा
  • २०८१ असार २३, आईतवार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, असार २३ गते बर्दियाको खैरापुर (पटाहा) मा रहेको नेपाल कै दुर्गम कृष्णसारको संख्यामा बृद्धि भएको छ । संरक्षण क्षेत्रमा दिन रात गस्ति जाने अनुगमन गर्ने, घाँसे मैदानको व्यवस्थापन गर्ने र संरक्षण क्षेत्रको तारजाली मर्मत सभ्भार गर्ने कार्यले कृष्णसारकोे संख्यामा बृद्धि आएको हो । चाल आर्थिक बर्षमा २७ वटा कृष्णसारको संख्या बढेको छ । संरक्षण क्षेत्रको व्यवस्थापनमा सुधार संगै कृष्णसारको बढोत्तरी हुँदा वरापराका स्थानीय समेत खुशी देखिन्छन ।
    बर्दिया गुुलरिया नगरपालिका वडा न.२ स्थित पटाहा क्षेत्र कृष्णसारको एकमात्र प्राकृतिक बासस्थान हो । यहाँ २०३२ सालमा अस्थायी चौकी खडा गरी संरक्षणको सुरुवात गरिएको थियो । चितुवा, हुँडार, स्याल, भुस्याहा कुकुरको आक्रमणले घटदैगईरहेको कृष्णसार फागुन पहिलो हप्तादेखी बच्चा जन्माएपछि बृद्धि भएको छ । गत आर्थिक बर्षको माघ महिन सम्म १ सय ९७ वटा रहेको कृष्णसार चालु आर्थिक बर्षमा २७ वटा थपिएको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ ।
    कृष्णसार संरक्षण क्षेत्रमा घाँसे मैदान व्यवस्थापन र बच्चा जन्माउने बेला कर्मचारीहरुको दिन रात गस्तिको कारण कृष्णसारको बृद्धि भएको कृष्णसार व्यवस्थापन परिषदका अध्यक्ष दिपेन्द्र यादवको भनाई छ । पछिल्लो समय कृष्णसार संरक्षण र व्यवस्थापनमा सुधार हुँदै जाँदा स्थानीयहरुलाई यो कृष्णसार संरक्षण क्षेत्र हो भन्ने महसुश भएको यादवले बताउनु भयो ।
    कृष्णसार संरक्षणमा स्थानीयहरुको समेत भुमिका रहेको छ । कृष्णसारलाई असर पर्ने खालको गतिविधिलाई स्थानीयहरुले पनि रोकथाम गर्ने गरेका छन् । आफ्नो नजिकै रहेको कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापन र कृष्णसारको संख्या बढ्दा आफुहरुलाई खुशी लागेको स्थानीयहरुको भनाई छ ।
    संरक्षणकै कारण चालु आर्थिक बर्षमा २७ वटा कृष्णसार थपिएको छ । कृष्णसार संरक्षण क्षेत्र भित्र रहेको अनियमित बस्तिलाई व्यवस्थापन गर्न सके संरक्षण क्षेत्र व्यवस्थापन हुने, कृष्णसारको संख्यामा बुद्धि हुने र पर्यटकहरुको रोजाई बन्न सक्ने प्रवल सम्भावना देखिन्छ ।

    Post Views: 268
    प्रकाशित मिति: २०८१ असार २३, आईतवार १७:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.