• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गेरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम

  •  मुरली गोडिया
  • २०८१ असार १९, बुधबार १२:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गेरुवा, असार १९ गते / गेरुवा गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा गेरुवा कर्णालीपोष्ट दैनिकको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह तथा सञ्चालीत विकास कार्यक्रमका वारेमा शाखागत रुपमा प्रकाश पारिएको थियो । सेवाग्राही नागरिकले उठाएका सवाल तथा जिज्ञासामा स्पष्टता ल्याउने प्रयास गरिएको थियो । सहभागीहरूले गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा कार्यान्वयनको प्रकृया र सञ्चालित विकास कार्यक्रमका बारेमा सवाल उठाउँदै पालिकालाई सुझाव दिएका थिए । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरु लाई विषयगत शाखाका शाखा प्रमुखहरुले प्रष्ट पारेका थिए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई अपनत्व लिदै कार्यान्वयनको प्रकृयामा जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले  सार्वजनिक सुनुवाई गर्ने गरेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले बताउनुभयो  । कार्यक्रममा भौतिक पुर्वाधार शाखा प्रमुख टंकर रोकाय, स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, कृषी शाखा प्रमुख भाष्करसिंह ठकुरी, पशु शाखा प्रमुख उमेश कुमार चौधरी लगायतले गाउँपालिकाको प्रगती प्रतिवेदन शाखागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रमको संचालन एवम संकलित वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनको प्रस्तुती गेरुवा कर्णाली पोष्टका संचालक सन्तोष पौडेलले गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गेरुवा गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, वुद्धिजिवि, व्यापारी लगायत गेरुवावासीहरुको उपस्थिति रहेको थियो ।

    Post Views: 233
    प्रकाशित मिति: २०८१ असार १९, बुधबार १२:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.