• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालमा पर्यटक भित्र्याउन बर्दियाका एक युवा सहित दुई युवाको जुक्ति : आफ्नै खर्च र पहलमा विश्व यात्रा

  •  माउण्टेन संवाददाता
  • २०८१ असार १८, मंगलवार १५:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, असार १८ गते / नेपाल विश्वकै पर्यटकीय देश हो । विश्वका उत्कृष्ट पर्यटकीय स्थलहरू रहेको नेपाल पृथ्वीको स्वर्ग समेत भन्दा अत्युक्ति नहोला । यहाँका अनेकौं हिमाल र मन्त्रमुग्ध पार्ने प्राकृतिक वस्तुहरूको उचित प्रचारप्रसार हुन नसक्दा नेपाल आउने पर्यटकको संख्या बढ्न सकेको छैन ।

    सरकारले नेपालको पर्यटकीय स्थलहरूको विदेशमा प्रचारप्रसार त परै जाओस् आएका पर्यटकलाई समेत राम्रोसँग नेपालको बारेमा बुझाउन सकेको छैन । यसरी देशमा अथाह पर्यटनको सम्भावना हुँदा हुँदै पनि पर्यटक आकर्षित नभएको भन्दै दुई युवाले आफ्नै खर्च र पहलमा नेपालमा पर्यटक भित्र्याउन नयाँ जुक्ति निकालेका छन् । दुई युवामा बर्दिया गुलरिया नगरपालिका बडा नं ६ बस्ने

    दिपक लम्साल र मनिराम अधिकारले विश्व यात्रा गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्ने जुक्ति निकालेका हुन् । उनीहरूले यसअघि पनि छिमेकी मुलुक भारत, चीन, बंगलादेश, सिंगापुर, थाइल्याण्ड र युरोपका केही देशहरूको भ्रमण गरिसकेका छन् ।

    ‘हामी आफैँले सवारी साधन चलाएर भ्रमण गर्दा हाम्रो अन्य देशका बासिन्दाहरूसँग हुने प्रत्यक्ष सम्बन्धले हामीलाई हाम्रो आफ्नो देशको बारेमा प्रचारप्रसार गर्न निकै सहयोग पुग्छ,’ लम्सालले भने, ‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पुर्याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ ।’

    आफ्नै सवारी साधनमा विदेश भ्रमण गर्दा त्यहाँका बासिन्दाले उनीहरूप्रति बढी चासो राख्ने र त्यस क्रममा आफ्नो देशको बारेमा प्रचार प्रसार गर्न सहयोग पुग्ने गरेको अर्का युवा लम्साल बताउँछन् । यसअघि आफ्नै पैसामा घुमेका युवाहरू अब भने नेपालबाट भारत हुँदै पाकिस्तान जाने तयारीमा छन् ।

    ‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पुर्याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ,’ लम्साल भन्छन्, ‘हामीले यसै प्रयोजनका लागि सवारी साधन चलाउन अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्र (INTERNATIONAL DRIVING LICENSE) पनि प्राप्त गरिसकेका छौँ ।’ यस साता भारत हुँदै पाकिस्तान निस्कन लागेको लम्सालले जानकारी दिए ।

    ‘हामी हाम्रो सवारी साधनमा बाटोबाट भारत गई पाकिस्तान प्रवेश गर्ने योजना र पाकिस्तानबाट इरानको बाटो हुँदै विश्व भ्रमणमा जाने कार्यक्रम रहेको थियो,’ उनले भने, ‘इरान र इजरायल लगायत अन्य देशसँग भएको द्वन्द्वले गर्दा इरानबाट अगाडि जाने कार्यक्रम रद्द भयो ।’ हाललाई पाकिस्तानसम्म पनि जाने कार्यक्रम तय भएको अधिकारीको भनाइ छ । ‘विश्व राजनीतिमा विभिन्न देशहरूबीच द्वन्द्व चर्किँदै गएका कारण पनि हाललाई यात्रा छोट्याउनु परेको हो,’ अधिकारीले भने ।

    Post Views: 442
    प्रकाशित मिति: २०८१ असार १८, मंगलवार १५:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.