• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महुवा प्रवर्द्धनमा डिभिजन वन कार्यालय बर्दिया

  •  माउण्टेन संवाददाता
  • २०८१ असार १८, मंगलवार ०९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, असार १८ गते (माउन्टेनसमाचार) /

    वसन्त ऋतुको हरियालीसँगै बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं ३ र ५ को सामुदायिक वनहरूमा महुवाको रुखमा फुल फुलेका छन् । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्ने समय हो अहिले।

    स्थानीय आदिवासी जनजातिहरू महुवाका फूल सङ्कलन गरेर महुवाको फूललाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन रहिआएको छ ।

    महुवाको फुलबाट विभिन्न किसिमका उत्पादन संग जोड्न सकिने सम्भावना लाई मध्यनजर गर्दै यस बर्ष मात्र डिभिजन वन कार्यालय बर्दियाको सहजिकरणमा गुलरिया नगरपालिका बडा नं ५ मा करिब १.२९ हेक्टरमा २ हजार ६४ वटा महुवाका विरुवा वृक्षारोपण गर्न लागिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारीले जानकारी दिए।

    झरेको महुवाको फूललाई सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।

    महुवाको प्रवर्द्धनका लागि महुवको फुलबाट स्थानीय ब्रान्डीङ लोकल मदिरा बनाउन सकिने साथै महुवाको तेल, साबुन र अन्य उत्पादन संग जोड्न सकिने सम्भावना देखेर पनि यस महुवा विरुवा भएका वनलाई व्यवस्थित गर्ने तथा नया विरुवाहरु वृक्षारोपण गर्ने कार्य भईरहेको समेत वन अधिकृत बिडारीले बताए।

    महुवालाई शक्तिवर्धक जडीबुटीको रूपमा पनि लिइन्छ । महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो ।

    जसको फूल र फलमा औषधीय गुण रहेको स्थानीयले विश्वास गर्छन।

    घरायसी प्रयोजनको लागि सङ्कलन तथा प्रशोधन गरिने महुवा तथा महुवाको रक्सी पछिल्लो समय व्यावसायिक उद्देश्यले सङ्कलन तथा प्रवर्द्धन समेत हुन थालेको छ ।

    व्यावसायिक उद्देश्यका साथ ठाकुरबाबा नगरपालिका बडा नं ३ र ५ मा रहेका करिब १ सय भन्दा बढि महुवा रुखको उचित रेखदेख गर्न लागएको छ ।

    महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको छ । प्रतिशतको हिसाबले बर्दिया जिल्ला थारु समुदाय ५२ प्रतिशत भन्दा बढी रहेकाले पनि थारु समुदायमा महुवाको विशेष महत्त्व रहेको छ । जुन कारण वनमा भएका विरुवाको पनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।

    थारु समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्य जस्तै हुन्छ ।

    Post Views: 259
    प्रकाशित मिति: २०८१ असार १८, मंगलवार ०९:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.