• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उपाधि चुम्नबाट चुकेको साउथ अफ्रिकन टीमको थामिएन आँशु

  •  माउण्टेन संवाददाता
  • २०८१ असार १६, आईतवार ११:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आईसिसी ट्वान्टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले जितिसकेको छ। सन् २००७ मा पहिलोपटक आईसिसी ट्वान्टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको भारतले १७ वर्ष पछि उपाधि उचालेको छ।

    तर, ऐतिहासिक खेलबाट फाइनल पुगेको साउथ अफ्रिकन टीम भने उपाधिको निकै नजिक भएर पनि उपाधि चुम्नबाट चुक्यो। सुरुदेखि नै फर्मममा रहेको साउथ अफ्रिकाले सिजनमा सबै खेलमा जित निकाल्दै फाइनलसम्मको यात्रा पहिलोपटक तय गरेको थियो।

    क्रिकेट इतिहासमा हालसम्म पनि फाइनल पुग्न नसकेको साउथ अफ्रिकाको खेलले सबै खुशी र उत्साहित थिए। तर, उपाधि भिडन्तमा भारतसँग ७ रनले पराजित हुनुपरेको पीडा साउथ अफ्रिकी खेलाडीहरूको अनुहारमा प्रष्टै देखियो।

    ब्रिजटाउनमा भएको फाइनल खेलमा टस जितेर भारतले पहिला ब्याटिङ्ग गर्दै निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर १७६ रन बनायो। १७७ रनको लक्ष्यसहित मैदान उत्रेको साउथ अफ्रिकाले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो। र, ऊ ७ रनबाट पराजित भयो।

    निकै रोमाञ्चक मोडमा पुगेको खेलमा साथउ अफ्रिकालाई २८ बलमा २७ रन बनाउनु थियो र, ६ विकेट पनि हातमा थियो। तर, साउथ अफ्रिकाबाट जित खोस्न भारतीय बलरहरूले कुनै कसर बाँकी राखेनन्।

    खराब सुरुआत गरेको साउथ अफ्रिकाले १२ रनमा २ विकेट गुमाइसकेको थियो। ओपनर ब्याट्सम्यान रिजा हेन्ड्रिक्स र तेस्रो नम्बरमा ब्याटिङ्गका लागि आएका कप्तान एडेन मार्करम ४–४ रनमा आउट भए। त्यसअघि क्वान्टिन डिकक र ट्स्टिन स्टब्सले ३८ बलमा ५८ रनको पार्टनरसिप गरेर पारी सम्हाले। दुवै जनाले ३६ बलमा मात्रै साउथ अफ्रिकाको रन १०० पार गराए। दुई जनाको साझेदारीबाट दबाबमा आएको भारतले ९ औँ ओरभरमा अक्षर पटेललाई बलिङ्गका लागि पठायो। अक्षरले यो जोडीलाई तोड्दै ट्रिस्टनलाई ३१ रनमा पभेलियन फर्काए।

    त्यसपछि क्रिचमा रहेका डिककलाई आउट गर्नुपर्ने योजनासहित भारतका अर्शदीप सिंहले ३९ रनमा उनलाई आउट गरे। तर, पाँचौ नम्बरमा ब्याटिङ्ग गर्न आएका हेनरिक क्लासेनको ब्याटिङ्गले भारत फेरि दबाबमा आयो। क्लासेन र डेविड मिलरले साउथ अफ्रिकाको रन १५१ कटाए। त्यसपछि भारतले म्याच गुमाउने जस्तै देखियो।

    अब साथउ अफ्रिकालाई २८ बलमा मात्र २७ रनको खाँचो थियो। टीमसँग ६ विकेट पनि बाँकी थियो। क्रिचमा क्लासेन र मिलरको जोडी जमेको थियो। रन रोक्न र विकेट लिन भारतलाई जरुरी थियो। १६ औँ ओभरमा जसप्रित बुमराहले जम्मा ४ रन खर्चे। त्यसपछि १७ औँ ओभरमा बलिङ्गका लागि आएका अलराउन्डर हार्दिकले पाण्ड्याले ओभरको पहिलो बलमै क्लासेनलाई ५२ रनमा आउट क्याच आउट गराए।

    १८ औँ ओभरमा बुमराहले २ रन खर्चेर १ विकेट लिए। १९ औँ ओभरमा अर्शदीपले विकेट नलिएपनि ४ रन मात्रै खर्चे र, अन्तिम ओभरमा फेरि बलिङ्गका लागि आएका हार्दिकले अन्तिम ओभरको पहिलो बलमै मिलरलाई आउट गरे। मिलर आउट हुनासाथ साउथ अफ्रिकी टीमको जित्ने आशा सकियो। २० औँ ओभरमा हार्दिकले ८ रन खर्चेर २ विकेट लिँदै साउथ अफ्रिकालाई उपाधिको रेसबाट बाहिर गरिदिए।

    दक्षिण अफ्रिकाको क्रिकेट इतिहासमा चोकर्सको दाग लागेकोमा त्यसलाई हटाउँदै फाइनलसम्म पुग्यो। जुन ठूलो उपलब्धी हो। तर, उपाधिको नजिक भएर पनि जित्न नसकेपछि ड्रेसिङ्ग रुममा रहेका कप्तान मार्करमसहितका अन्य खेलाडीको पीडा प्रष्ट अनुहारमा देखिन्थ्यो।

    उपाधि भिडन्तमा दुबै टीमले एक अर्कालाई राम्रो र कडा टक्कर दिएकोमा क्रिकेटका दिग्गजहरूले प्रंशसा गरेका छन्।

    कप्तान मार्करम, ट्रिस्टन स्टब्स, डिकक, क्लासेनसहित सबै खेलाडीले आफ्नो आँशु थाम्न सकेनन्। कप्तान मार्करमले हाम्रो लागि यो निकै दुःखद क्षण रहेको भन्दै टीमले गरेको प्रदर्शनका लागि धन्यवाद दिए।

    Post Views: 260
    प्रकाशित मिति: २०८१ असार १६, आईतवार ११:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.