गुलरिया, असार १६ गते / गुलरिया नगरपालिका बडा नं ४ को सहयोगमा आयोजित १ दिने आँखा जाँच शिविर कार्यक्रममा ८५ जनाको आँखा चेक जाँच गरिएको छ ।


असार १५ गते शनिबार गुलरिया नगरपालिका बडा नं ४ को कार्यालयको भवनमा बडाका लक्षित वर्ग कार्यक्रम अन्तर्गत आत्मनिर्भर तालिम केन्द्र बर्दियाको आयोजनामा आँखा जाँच शिविरको आयोजना गरिएको गुलरिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतमले बताए।

लक्षित वर्ग अन्तर्गत बडा रहेका विपन्न, असहाय, एकल महिला, वृद्ध र अल्पसङ्ख्यकहरुलाई लक्षित गरि आँखा जाँच शिविर सञ्चालन गरिएको र आँखा चेक जाँच पछि औषधीहरु समेत निःशुल्क वितरण गरेको बडा अध्यक्ष गौतमले जानकारी दिए। यस्ता किसिमको कार्यक्रमले बडाका स्थानीयले आफ्नो ठाउँबाट नै उपचार पाउने हुँदा सहज हुने हुँदा शिविरमा वृद्धाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

आँखा जाँच शिविरमा आँखा चेक जाँचका लागि नेपालगन्ज बाँके बाट आँखाका डाक्टरहरुको टिमको सहभागी रहेको थियो ।




