गुलरिया, असार ६ गते (माउन्टेनसमाचार) / असार ५ गते राति आएको भिषण आधिहुरी र बर्षा आयो । बर्दियाको गुलरिया नगरपालिका बडा नं ७ स्थीत चौगुर्जी गाउँकी जगतराम गोडियाको घरको छाना आधिहुरीले सानो घरको छानो उडायो । आधिहुरीको बारेमा जानकारी लिन म र अर्का एक सञ्चारकर्मी संजय आचार्य हावाहुरीबाट क्षतिको बारेमा जानकारी लिने क्रममा हामी चौगुर्जी स्थीत जगतराम गोडियाको घर पुग्दा जगतराम की १२ बर्षिया छोरी अर्चना गोडिया करिब बिहानको १० बज्दा विधालय नगई पानीले भिजेको अगेनामा रोटी पकाउदै थिइन।


म पहिला जगतरामको सम्पूर्ण घरको अनुगमन गरे, हावाहुरी घरको छानो उडाउदा घर भित्र हिलाम्य थियो भने बर्षाको पानीले भिजेका चामल गहुँ सुकाउन राखिएको थियो। पानीले खाद्यान्न सामग्री संगै जगतरामका छोरी अर्चनाको ब्याग भित्र राखिएको किताब कापी समेत निथ्रुक्क भिजेर बिहानीपखको झिसमिसे घाममा सुकाउन राखिएको थियो ।

अर्चनाले किताब र कापी सबै भिज्यो खै अब कसरी के विधालय लियर जाने हो आफ्नो स्थानीय भाषामा भनिन। आज नी विधालय नगएको र अब सबै किताब पानीले भिजेर चप्किएको छ, खै सुके पछि किताब काम लाग्ने कि नलाग्ने अर्चनाले भनिन,। बुबाले अटोरिक्सा चलायर घर खर्च पुगनपुग चलाउनु भएको छ किताब खराब भए खै कसरी नया किताब किन्ने हो थाहा छैन अर्चनाले भनिन । हावाहुरीबाट गुलरिया नपा बडा नं ७ यस चौगुर्जी गाउँका सामान्य देखि माथीका करिब ३ सय घर क्षति भएको देखिएको छ। 
अटोरिक्सा चलायर दैनिकी गुजारा गर्ने गोडियाको आधिहुरी सँगै आएको भिषण बर्षाले घरमा खाद्यान्न समेत सम्पूर्ण भिजेका थिए । यस्तै सन्तराम गोडियाको घरको पिलर समेत हावाहुरीबाट भत्किएको छ। घरहरुको लगत लिने काम भईरहेको र क्षतिको विवरण संकलन गरिरहेको गुलरिया नगरपालिका बडा नं ७ बडा अध्यक्ष मनोज यादवले बताए।

हावाहुरी र पानीले बडा नं ४ का केरा खेतीलाई पनि धेरै क्षति भएका छन । हावाहुरीबाट गुलरिया नगरपालिका बडा नं ७ का कल्लु गोडिया र हजारु धोबी घाईते भएका छन।




