• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पूर्वराष्ट्रपति भण्डारीले दलकाे सदस्यता नवीकरण गरेको भए सुविधा दिन मिल्दैन : कांग्रेस सदस्यता नवीकरण भएकाे छैन : एमाले

  •  माउण्टेन संवाददाता
  • २०८१ असार ६, बिहीबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व आबद्ध दल एमालेको पार्टी सदस्यता नवीकरण गरेको चर्चाबारे संसद्मा प्रश्न उठेको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वराष्ट्रपति भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको वास्तविकता के हो भन्दै प्रश्न उठाए ।

    उनले पार्टी सदस्यता नवीकरण गरेको भए पूर्वराष्ट्रपति भण्डारीलाई राज्यले सेवा–सुविधा दिन नहुने भन्दै ध्यानाकर्षण पनि गराए । ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ कि मिल्दैन ?’ सांसद खतिवडाले ध्यानाकर्षण गराउँदै प्रश्न गरे, ‘राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस् ।’

    एमालेले भने पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको पुष्टि गरेको छैन । भण्डारीले सदस्यता नवीकरण गरे–नगरेबारे एमालेले औपचारिक रूपमा बोलेको छैन । स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको भन्ने विषयमा आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको बताए ।

    ‘अहिलेसम्म नवीकरण गरेको विषयमा मलाई जानकारी छैन, केन्द्रीय कार्यालयले आफ्नै हिसाबले सदस्यता नवीकरण गरिरहेको हुन्छ,’ अधिकारीले भने, ‘सभामुख हुने वेला देवराज घिमिरेले पार्टी सदस्यता त्यागेको जानकारी गराएर अलग हुनुभएको हो । उहाँ (पूर्वराष्ट्रपति विद्या भण्डारी)ले पनि त्यही गर्नुभएको थियो, यसभन्दा बढी भनिराख्नुपरेन, त्यसैले यो गरिराख्नुपर्ने प्रश्न पनि होइन ।’

    शीतलनिवासमै हुँदा राजनीतिक भेटघाट गर्दै आएकी पूर्वराष्ट्रपति भण्डारीले अवकाश भएपछि त्यसलाई बढाएकी छिन् । गत १६ जेठमा पार्टीसम्बद्ध जनसंगठनका महिलाको राष्ट्रिय भेलामा भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । त्यसयता उनी एमालेको राजनीतिमा पुनः सक्रिय हुन लागेको चर्चा छ ।

     

     

    नयाँपत्रिका/साभार

    Post Views: 180
    प्रकाशित मिति: २०८१ असार ६, बिहीबार ०७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.