• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन : खनाल

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २६, शनिबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारा, जेठ २६ गते / नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।  सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा  पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताए ।

    ‘पार्टी कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो, अहिले हाम्रो पार्टी महाधिवेशनमा अगाडी बढ्दै छ, यो महाधिवेशनले नयाँ  कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ’ वरिष्ठ नेता खनालले भने ‘कसले यो हल्ला फिँजाएको छ सबै बेकारको कुरा हो अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ’नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने टिप्पणी गरेका छन् ।

    नेकपा (एकीकृत समाजवादी) को यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।

    वरिष्ठ नेता खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने जनाएका छन् ।

    महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पूर्याउछ, पार्टी नेतृत्वलाई रूपान्तरण गर्दछ, अव को अध्यक्ष बन्ने भन्ने बारेमा महाधिवेशनले निर्णय गर्छ, महाधिवेशन सर्वोपरि भएको हिसाबले हामीले सबै कुरा छोडिदिएका छौ’  खनालले भने

    उनले सरकारले गत साता सार्वजनिक गरेको बजेटको सम्बन्धमा भने  हतारमा ल्याएको भए पनि विगतको तुलनामा राम्रो बजेट आएको टिप्पणी गरेका छन् ।

    ‘अहिलेको सरकारको समीकरणमा मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्, यसलाई मिलाउँदै गयो भने यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्छ तर, मिलाउन नसके अनेकन सम्भावना आइरहन्छन्’ खनालले भने  ।

    केही दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नेतृत्व गरेका पार्टीहरू नै प्रतिपक्ष जस्तो देखिएको भन्दै गरेको टिप्पणी प्रति नेता खनालले एमाले आफै प्रतिपक्ष जस्तो देखिएकोले अरूलाई पनि त्यस्तै आरोप लगाएका टिप्पणी गरेका छन् ।

    प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडी बढाउन सरकारको ध्यान नपुगेको विषयमा पूर्व प्रधानमन्त्री खनालले यसपटकको बजेटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् ।

     

     

    रातोपाटी /साभार

    Post Views: 238
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०८:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.