• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ओलीमाथि खनिए विश्वप्रकाश- गिरीबन्धु घोटालामा कांग्रेस नबोल्दै किन फायर खोलियो ?

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २४, बिहीबार १४:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीमाथि गिरीबन्धु जग्गा प्रकरणमा भएको नीतिगत घोटालाका बारेमा प्रश्नहरू उठाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले अध्यक्ष ओलीका साथै गृहमन्त्री रवि लामिछानेमाथि समेत सो प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् ।

    उनले गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्नेबारे ओली नेतृत्वको सरकारले ल्याएको विधेयकमाथि कांग्रेसले संशोधन प्रस्ताव दर्ता नगरेको भनेर भ्रम फैलाएको बताउँदै कांग्रेसले राखेको संशोधनबारे जानकारी गराए ।

    सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा फैसला गर्दै नीतिगत भ्रष्टाचार भएको तथ्य आएपछि पनि कांग्रेसले आफ्नो धारणा नराख्दै कांग्रेसमाथि ओली खनिएको भन्दै उनले आपत्ति जनाए ।

    उनले भने– ‘हामी बोलेकै थिएनौं तर उहाँले फायर खोल्नुभयो कि कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खायो । के यो आरोप सही थियो ? रौद्र रूपमा धारण गरेर उहाँले कांग्रेसमाथि आरोप लगाएपछि मौन धारण गर्न सकिएन, प्रतिवाद गरियो । प्रतिवाद गरेपछि भनियो कि कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्छ । हिजो संविधान लेख्न बस्दा सँगसँगै बसेका थियौँ । झुटो आरोप लगाउनका लागि संविधानको अधिकार दुरुपयोग गर्न मिल्ने ? अनि सही प्रतिवाद गर्नका लागि नेपाली कांग्रेसलाई बन्देज अनुभूति गर्ने यो हुन सक्दैनथ्यो । त्यसैले हामीले भन्यौँ यो नेपाल हो उत्तर कोरिया होइन । कसैले झुटो आरोप लगाउँछ भने नेपाली कांग्रेसले सही प्रतिवाद गर्न सक्दछ ।’

    उनले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु जग्गा प्रकरणमा भएको नीतिगत भ्रष्टाचारको छानबिन गर्न चुनौती समेत दिए । उनले ओलीले कांग्रेसलाई लगाएको ७० बिघा जग्गा बेचेर खाएको आरोपको छानबिन गर्न गिरीबन्धुको फाइल खोल्न गृहमन्त्री तयार हो भन्दै प्रश्न गरे ।

    उनले भने– ‘म जान्दछु, गिरीबन्धुको फाइल खोल्न होइन बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षामन्त्री विरुद्धको शब्द फिर्ता लिनुस् सम्माननीय पूर्वप्रधानमन्त्री ज्यू, उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’

    सांसद शर्माले शिक्षामन्त्री श्रेष्ठको पक्षमा बोल्दै विवाह कोसँग कहिले गर्ने नितान्त व्यक्तिगत कुरा भएको बताउँदै उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई हतोत्साही गर्न नहुने बताए । प्रधानमन्त्रीको उचाइमा पुगेको मान्छेले सम्मानित ठाउँमा बस्नुपर्ने बताउँदै जहाँ पायो त्यही जोसँग पनि जोरी खोज्ने तरिकाले प्रस्तुत हुन नहुने टिप्पणी गरे ।

    सांसद शर्माले एमाले कति लोकतान्त्रिक छ भन्ने कुरामाथि प्रश्न उठाउँदै कांग्रेस सभापतिमा लडेर पराजित भएका कृष्ण सिटौला राष्ट्रियसभाको संसदीय दलको नेता रहेको र रामचन्द्र पौडेल राष्ट्रपति रहेको बताउँदै एमालेको अध्यक्षका प्रतिस्पर्धी भीम रावललाई कहाँ पुर्‍याइयो भन्दै प्रश्न गरे ।

    Post Views: 238
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार १४:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.