• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्लास्टिकजन्य फोहोर प्रमुख चुनौती

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २३, बुधबार ०८:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति रामचन्द्र पौडेलले प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उहाँले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    उहाँले सन्देशमा यस दिवसलाई सबैले आफ्नो घर वरिपरिको वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

    वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न यस दिवसले थप उत्साह प्रदान गर्ने उहाँको भनाइ छ । वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको नीति तथा कार्यक्रमबाट   वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको शुभकामना सन्देशमा उल्लेख छ ।

    मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउँदै उहाँले प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सबैमा आह्वान गर्नुभएको छ ।

    यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिनुभएको शुभकामना सन्देशमा अव्यवस्थित र अवैज्ञानिक भौतिक पूर्वाधार निर्माण तथा सहरीकरणका नाममा वनजङ्गलको फँडानीले वातावरणलाई सबभन्दा बढी बिगारेको बताउँदै यसतर्फ समयमै सचेत हुन सबैसँग आग्रह गर्नुभएको छ ।

    सन्देशमा उल्लेख छ, “बोटबिरुवा नै नासेर निम्तिने सङ्कट सबैभन्दा भयावह छ । हामीले यो सङ्कट जसोतसो झेलिरहेकै छौँ तर हाम्रा भावीपिढीहरूका लागि यो थप गम्भीर हुन सक्छ ।  यो सङ्कटबाट बच्न गम्भीर, सचेत, सतर्क र सावधान हुन अति आवश्यक छ ।”

    वृक्षरोपण, वनजङ्गल क्षेत्रको विस्तार, हरितगृह ग्यासहरूको प्रयोगमाथि नियन्त्रण, वातावरणमैत्री उपकरणको उपयोग, जैविक इन्धनहरूको साटो सौर्य/विद्युतीय साधनहरूको प्रयोग गर्दै वातावरणलाई जीवजन्तुमैत्री बनाउन सकिने उहाँले सुझाव दिनुभएको छ ।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार ०८:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.