• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भाजपा गठबन्धनलाई बहुमत आएसँगै मोदीले बुधबार सरकारको दावी पेश गर्ने

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २३, बुधबार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नयाँदिल्ली

    भारतमा भएको १८ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा को गठबन्धन एनडीएले बहुमत हासिल गरेको छ ।

    सन् २०१९ को अवस्थामा भाजपा नपुगे पनि सत्ता गठबन्धनको बहुमत आएसँगै बुधबार सरकारका लागि दावी पेश गर्न सक्ने बताइएको छ ।

    शपथका लागि राष्ट्रपति भवनमा तयारीसमेत शुरु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

    भाजपा एक्लैले २७२ को बहुमतको आँकडा पूरा गर्न नसके पनि भाजपाको गठबन्धनले बहुमतको आँकडा पार गरेकाले सरकारको दाबी गर्न सक्ने भएको हो ।

    भाजपाले गठबन्धनको बैठक बुधबारका लागि बोलाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमार र टीडीपीका नेता चन्द्रबाबु नायडूलाई फोना गरेर बैठकका लागि बोलाएका छन् ।

    त्यस्तै विपक्षी इन्डिया गठबन्धनले पनि दिल्लीमा बैठक बोलाएको छ । उक्त बैठकमा आगामी रणनीतिबारे छलफल गरिने साँझ गरिएको पत्रकार सम्मेलनमा कांग्रेस नेता राहुल गान्धीले बताए ।

    चुनाव आयोगका अनुसार भाजपाले २४०, कांग्रेसले ९९, समाजवादी पार्टीले ३७, टीएमसीले २९, डीएमकेले २२, टीडीपीले १६, जेडीयूले १२, शिवसेना यूटीबीले ९, एनसीपी शरद पवारले ७, शिवसेना शिन्देले ७, लोक जनशक्ति पार्टी रामविलासले ५ तथा राजदले ४ सिट जितेको छ ।

    बहुमतका लागि २७२ सिट जिते पुग्नेमा एक सिटमा भाजपा निर्विरोध विजयी भएको थियो ।

    गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा दोस्रो लामो चुनाव सात चरणमा सकिएको थियो । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो ।

    सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो । गत जुन १ तारिख ९शनिबार जेठ १९ गते० चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको थियो ।

    विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको थियो । भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको थियो ।

    तर त्यो दाबी भन्दा निकै कम सिट जिते पनि एनडीएले बहुमत भने हासिल गरेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति कम जित्नुका पछाडि भाजपाका ८ तथा एडीएका १० कारण बताएका थिए । उनले ३४ मिनेटको भाषणमा तेस्रो कार्यकालका लागि आफूलाई चुनेको भन्दै भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

     

     

    Post Views: 241
    प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार ०८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.