• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालका लागि चिनियाँ राजदूत सोङद्वारा प्रधानसम्पादक बुढाथोकीलाई सामाजिक सञ्जालमा धम्की

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २१, सोमबार १३:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका लागि चिनियाँ राजदूत छन् सोङले टक्सार मिडिया ग्रुपका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई धम्की दिएका छन् ।

    प्रधान सम्पादक बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा पोष्ट गरेको विवरणलाई लिएर राजदूत सोङ्ले धम्कीयुक्त भाषामा ‘रिप्लाइ’ गरेका हुन् ।

    प्रधानसम्पादक बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

    बुढाथोकीको पोस्टमा मङ्गलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठुलो झुट भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्,“यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।”

    राजदूत सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको गरेका छन् ।

    प्रधानसम्पादक बुढाथोकीले आफूले प्रमाणसहित आफूले म्यागेजिन(टक्सार म्यागजिन)मा प्रकाशित गर्ने पनि बताएका छन् । पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ ।

    उक्त ऋण मध्ये २ करोड १० लाख रुपैयाँ सावाँ फिर्ता भई १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ बाँकी छ । सरकारको यो विवरणले ५ प्रतिशत ब्याजदरमा ऋण लिइएको देखिए पनि २ प्रतिशत दरमा मात्र लिइएको भनिएको छ ।

     

     

    लुम्बिनी संचार/सभर

    Post Views: 221
    प्रकाशित मिति: २०८१ जेष्ठ २१, सोमबार १३:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.