• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अहिले नै नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन : नेता रावल

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ १९, शनिबार १३:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     नेकपा (एमाले) का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । नवलपुर सदरमुकाम कावासोतीमा गोरखापत्रसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताउनुभयो ।

    पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेता रावलले आफूलाई अछाम जिल्ला अधिवेशन हुँदै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा निषेध गरिएको भन्दै आफू राजनीतिको एउटा घुम्तीमा पुगेको टिप्पणी गर्नुभएको थियो । त्यतिबेला उहाँले आफूले लिने मोडबारे केही दिनमा सार्वजनिक गर्ने समेत बताउनुभएको थियो ।

    ‘‘एमाले नेतृत्वबाट मलाई घचेटी–घचेटी घुम्तीमा पुर्‍याउने काम गरिएको छ,’’ नेता रावलले भन्नुभयो, ‘‘यस्तो अवस्थामा अव के गर्ने भन्ने विषयमा धेरै साथीहरूसँग मेरो परामर्श, कुराकानी जारी छ, पार्टी खोल्न पर्‍यो भने व्यवस्थित तरिकाले आफ्ना कुराहरूलाई खुल्ला झण्डा जस्तै बाहिर ल्याएर गर्छु, अहिले नै पार्टी छोड्ने भन्ने कुरा चाहिँ होइन ।’’

    एमाले छोडेर नयाँ पार्टी खोल्ने काम गोप्य रूपमा नहुने भन्दै रावलले भन्नुभयो, ‘‘पार्टी खोल्न पर्‍यो भने सार्वजनिक रूपमै हुन्छ, अहिले नै त्यो विन्दुमा पुगिहालेको छैन ।’’ पार्टीमा विधि, प्रणाली र सिद्धान्त मिचिएको, आदर्श र नीतिहीन क्रियाकलाप भएको भन्दै नेता रावलले त्यसले पार्टीलाई कमजोर बनाउने बताउनुभयो । त्यसलाई पार्टीले सच्चाउनु पर्ने उहाँको भनाइ थियो ।

    यही कुरा पार्टीमा राख्ने मन भएपनि पार्टी सदस्यबाहेक आफू केही नभएकाले जनताको बिचमा राख्ने अधिकार भने सुनिश्चित रहेको बताउनुभयो । ‘‘म त एउटा पार्टी सदस्य मात्र हुँ, सदस्यले जे गर्न सक्छ म त्यो गर्छु, बाँकी कुरा के गर्ने त्यो त पार्टी नेतृत्वले सोच्नुपर्छ,’’ रावलले भन्नुभयो ।

    सबैलाई समेटेर पार्टी विधिबाट अघि बढ्नु पर्ने भन्दै त्यसो नभए समाजवाद ल्याउने कल्पना असम्भव हुने र कम्तीमा जनताको बहुदलीय जनवादअन्तर्गत अघि बढ्ने कुरा पनि असम्भव हुने उहाँको भनाइ थियो ।

    अर्को प्रसङ्गमा नेता रावलले सहकारीको रकम अपचलन गर्ने जोसुकै भए पनि कडा कारबाही हुनु पर्ने बताउनुभयो । ‘‘नेपालको संविधानले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एउटा खम्बा मानेको छ, तर केही ठगहरूले दुई खर्बभन्दा बढी रकम ठगेको र एउटै संस्था गोरखा भिडियो १६ अर्बभन्दा बढी ठगेको तथ्यहरू बाहिर आइरहेका छन्,’’ रावलले भन्नुभयो ।

    Post Views: 230
    प्रकाशित मिति: २०८१ जेष्ठ १९, शनिबार १३:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.