ठाकुरबाबा, जेठ १३ गते / ठाकुरबाबा नगरपालिकामा २०७१ साल र २०७४ सालका बाढि पीडितहरुले आन्दोलन गरेका छन् ।

बाढि पीडित संघर्ष समितीले बाढि पीडित राहत कार्यविधि अनुसार राहत नपाएको भन्दै ठाकुरबाबामा आन्दोलन गरेका हुन् ।
झन्डै एक दशक अघि २०७१ साल श्रावण २९ र ३० गते आएको अविरल वर्षा र बाढिले प्रभावितहरुका लागि २०७२ असार ४ गते राहत दिने भनिकार्य विधि बनाएको र कार्यविधि अनुसार पहिलो किस्ता स्वरुप केहि पीडितहरुले ५० हजार रुपैयाँका दरले पाएका र केहि पीडितहरुले अझै प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

किस्ता वितरण कार्यविधि अनुसार कार्यान्वायन नभएको भन्दै उनीहरुले स्थानीय सरकार समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।
बाढि पीडितलाई समस्यामाथि समस्या थापिएको र कुनै सरकारले आफ्नो समस्या समाधान गर्न तर्फ ध्यान केन्द्रित नगरेको पीडितहरुले गुनासो गर्दै बाढि पीडितहरुले भोगेका आफ्ना समस्या प्रस्तुत गरेका छन् ।
२०७१ सालमा बाढि पीडितमा सुचिकृत भएका घरहरुहरुलाई गृह मन्त्रालयको प्रस्ताव अनुसार २०७१ साल चैत १३ गते नेपाल सरकार मन्त्री परिषदको २०७२ असार ४ गतेको निर्णय अनुसार निजि आवास पुन निर्माण वितरण सम्बन्धी कार्यविधि २०७३ साल पौष २९ गतेको निर्णयलाई कार्यान्वायन नगर्दा पटक पटक खोजी गर्दा केहिले पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ पाएका थिए ।
पहिलो किस्ता पाए लगतै सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यन्वयन निकालेर दोस्रो किस्ताका लागि घर निर्माण गर्न पठाएको थियो । घर नबनाएमा दोस्रो किस्ताबाट बन्चित हुने, जग्गा किन्नुहोस् नभए दोस्रो किस्ताबाट बन्चित हुनुहुनेछ भनिएकोमा घर निर्माण भइसेको उनीहरुले बताएका छन् ।
तर अधिकांश पीडितहरुले ऋण निकालेर निर्माण गरेको घर निर्माणमा लागेको उधारो र ऋण रकम तीर्न नसकेको र सरकारले पनि वास्ता नगरेको भन्दै दुखेसो पोखेका छन् ।
यसको जवाफदेही तिनै तहका सरकार, जनप्रतिनिधी र पार्टीका प्रतिनिधिहरुले लिनुपर्ने भन्दै बाढि पीडित संघर्ष समितीले आन्दोलन गरेका ठाकुरबाबा नगर कमिटी सचिव हरि लम्साललले बताउनुभयो ।
पीडितहरुले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।




