बर्दिया, जेठ १२ गते / नेपाल मुस्लिम संघको १६ औ स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।


नेपाली काङ्ग्रेसको भात्रु संगठन नेपाल मुस्लिम संघको स्थापनाको अवसर पारेर नेपाल मुस्लिम संघ बर्दिया गुलरिया नगरपालिका बडा नं ६ स्थित असर्फिया मसउदुल उलूम मदरसाका बालबालिकाहरुलाई स्टेसनरी सामाग्रीहरु वितरण गरिएको नेपाल मुस्लिम संघ बर्दियाका मुमताज अलि अन्सारी(बेचन) ले जानकारी दिए।
हरेक बर्ष जस्तै आज जेठ १२ गते पनि स्थापना दिवसको अवसर पारेर अध्ययनरत करिब १ सय बालबालिकाहरुलाई स्टेस्नरीका साथ अध्ययन गर्नका लागि शैक्षिक सामाग्रीहरु वितरण गरिएको समेत बेचनले बताए।




